ऋण लागेका कारण छोराको हत्यापछि आत्महत्या

कैलाली, १० कात्तिक २०७४ । कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना ८ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो ।

उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।

 

  • 32Read This News:
  • 438598Total reads:
  • 250591Total visitors: