लमजुङमा उत्तराद्र्ध साहित्य बहस

लमजुङ, १० कात्तिक २०७४ । ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्थामा लेखिने साहित्य विषयमा लमजुङबाट बहसको थालनी गरेका छन् ।

‘मेरो राष्ट्र मेरो ध्येय’ नारासहित कला–साहित्य यात्रामा लमजुङ आइपुगेका साहित्यकारले आज बेसीशहरमा उत्तराद्र्ध साहित्यबारे विचारविमर्श गर्नुभएको हो ।

momila joshiनेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले उत्तराद्र्ध साहित्यमार्फत ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्था साहित्यमा कसरी प्रस्तुत भइरहेको छ भन्ने नयाँ बहस शुरु गरिएको बताउनुभयो ।

‘ कार्यक्रममा उत्तराद्र्ध साहित्यः परिकल्पना, विश्व परिदृष्य र सम्भावनाबारे त्रिभुवन विश्वविद्यालयका अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक केशव सिग्देलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले साहित्यलाई दिगो विकाससँग जोड्दै लैजानुपर्नेमा जोड दिनुभयो । उत्तराद्र्ध साहित्य लेखनबारेको बहस सकारात्मक रहेको यसलाई सांगठनिक रुप दिन आवश्यक रहेको उहाँले भनाइ थियो ।

सर्वोदय सेवा आश्रमसँग मिलेर शुरु गरिएको साहित्य यात्राका लागि राजधानीबाट २५ साहित्यकार सम्मिलित टोली लमजुङ आएको छ । यात्राअन्तर्गत बेशीसहर, ज्येष्ठनागरिक आश्रम तार्कुघाट हर्राबोटमा सिर्जना उत्सव गरिएको छ । ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा शनिबार साहित्यिक कार्यक्रम राखिएको सर्बोदय सेवाश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलियाले बताउनुयो ।

Sahitya Gosthi

 

  • 27Read This News:
  • 417441Total reads:
  • 230197Total visitors: