रुसका विपक्षी नेता अलेक्सी नाभाल्नी जेलमुक्त

रुस, ६ कात्तिक २०७४ । रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएको समाचार छ । उहाँले आइतबारै आफू जेलमुक्त भएको जानकारी दिनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरुद्धमा प्रदर्शन गरेका कारण उहाँ जेल पर्नुभएको थियो । उहाँ २० दिनदेखि सोही आरोपमा जेलमा रहनुभएको थियो ।

उहाँलाई राखिएको जेलबाहिर पत्रकारलाई उपस्थित गराएर उनीहरुको रोहबरमा विपक्षी नेता एलेक्सीलाई रिहा गरिएको समाचारमा जनाइएको छ ।

जेलमुक्त भएपछि उहाँले पनि आफू जेलमुक्त भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको सञ्चारमाध्यमले जनाएका छन् ।

 

  • 26Read This News:
  • 439316Total reads:
  • 251246Total visitors: