कौडा र तास खेलेको अवस्थामा २६ जना पक्राउ

रुपन्देही, ४ कात्तिक २०७४ । रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको समूहलाई पक्राउ गरेको छ ।

उनीहरुबाट रु ९ लाख ४६ हजार १९५ सहित कौडा १६ थान र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

  • 48Read This News:
  • 439543Total reads:
  • 251450Total visitors: