काठमाडौँ, २९ असोज २०७४ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त ४ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिवार साँझ एक समारोहबीच नवनियुक्त बिना विभागीय राज्यमन्त्री कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
समारोहमा उपप्रधानमन्त्री, मन्त्री, सरकारका मुख्यसचिवलगातयको उपस्थिति थियो ।


