फोटो पत्रकार समूहद्वारा बाढीपीडित बालबालिकाका लागि आज राहत संकलन

काठमाडौँ, ६ भाद्र २०७४ । राष्ट्रिय फोटो पत्रकार समूह केन्द्रद्वारा हालै आएको अविरल वर्षाका कारण तराईका जिल्लामा बाढीपीडित बालबालिकाका लागि आज राहत संकलन गरेको छ ।

पूर्वअध्यक्ष कवीन्द्रमान शाक्यको नेतृत्वमा न्यूरोडमा गरिएको राहत संकलनमा पीडित बालबालिकाका लागि हजारौँ जनालाई पुग्ने लुगा संकलन भएको समूहको सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

संकलित लुगा राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखामार्फत बाढीपीडित क्षेत्रका बालबालिकालाई वितरण गर्ने जनाएको छ । बाढीबाट बढी प्रभावित जिल्ला बालबालिकालाई वितरण गरिने जनाएको छ ।

 

  • 25Read This News:
  • 438556Total reads:
  • 250549Total visitors: