सिएरा लियोन पहिरोमा मृत्यु हनेको सङ्ख्या ४ सय ९९ पुग्यो

सिएरा लियोन, ५ भदौ २०७४। सिएरा लियोनमा अगस्त १४ गते परेको व्यापक बर्षापछि गएको पहिरो र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९९ पुगेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

पहिरो र बाढीका कारण अझै ६ सय ५० जना वेपत्ता भइरहेका बताइएको छ ।

मृतकमध्ये १ सय ६३ पुरुष, १ सय ६२ जना महिला, ७० जना बालक र ८६ जना बालिका तथा १८ जना अन्य रहेको आवाको पत्रिकाले जनाएको छ ।

बाढी र पहिरोका कारण २ हजार नागरिक घरवार विहीन बनेका छन् । सिएरा लियोनका राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले बिहीबार मुलुकभर ७ दिन शोकको घोषणा गर्नुभएको छ ।

चीन तथा घाना तथा अन्य देशबाट मानवीय सहयोगका विभिन्न समूह घटनास्थल पुगेका छन् ।

 

  • 38Read This News:
  • 474413Total reads:
  • 282710Total visitors: