खाना पकाउने ग्यासको मूल्य २५ रुपैया घट्यो

काठमाडौँ, १७ साउन २०७४ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु १ हजार ३सय २५ मा पाइने उहाँले जानकारी दिनुभयो । नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।

अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन । प्रवक्ता पोखरेलले भन्नुभयो, “अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूची बढेर आएकाले घटाउन सकिएन ।”

अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहेपनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको छ ।

 

  • 42Read This News:
  • 480366Total reads:
  • 287843Total visitors: