प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री निधिलाई

काठमाडौँ, ३० असोज २०७३ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स–बिम्स्टेक लिडर्स आउटरिच समिट’ मा भाग लिन भारत प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्नेगरी तोक्नु भएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री निधिलाई उक्त जिम्मेवारी तोक्नु भएको राष्ट्रपतिको कार्यालयले शनिबार राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

  • 70Read This News:
  • 480557Total reads:
  • 288025Total visitors: