आतङ्ककारी आक्रमणका कारण टर्कीको अर्थतन्त्रमा गिरावट

टर्की, २९ पुस २०७३ । टर्कीमा हालैको महिनाहरूमा भएका आतङ्ककारी आक्रमणका कारण देशको अर्थतन्त्रमा गिरावट आएको टर्की राष्ट्रपति रेसेप तायिप इर्डोगानले बिहीबार बताउनुभएको छ ।

गत केही वर्ष यता टर्कीमा कुर्दिस र इस्लामिक स्टेट (आईएस) आतङ्ककारीहरूको ३० भन्दा बढी भीषण आक्रमण गरेको पनि उहाँले खुलासा गर्नुभएको छ ।

गत जुलाईमा भएको असफल कू पछि असुरक्षा, राजनीतिक अस्थिरताका कारण पनि अर्थतन्त्र उभो लाग्न समय लिने उहाँले बताउनुभएको छ ।

डलरको तुलनामा यस हप्ता पनि टर्कीको मुद्रा कमजोर भएको उहाँले जानकारी दिनुभएको छ ।

 

  • 19Read This News:
  • 438140Total reads:
  • 250144Total visitors: