स्वस्थानी व्रतालुकालागि तिर्थ गर्न सालीनदीको तयारी पूरा

काठमाडौँ, २६ पुस २०७३ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा भएको छ ।

माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षको एकमहिने मेलामा यातायात, शान्ति सुरक्षा, लाइन एवम् बजार व्यवस्थापन, प्रसाद वितरण, स्वयम्सेवक परिचालन आदिका लागि १७ उपसमिति गठन गरी सबै तयारी पूरा गरिएको समितिका संयोजक राजुभाइ मानन्धरले बताउनुभयो ।

“विगत केही वर्षदेखि सालीनदीमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ, भारतका विभिन्न स्थानबाट समेत धार्मिक पर्यटक सालीनदीमा आउने क्रम बढ्न थालेकाले मेलालाई अझ व्यवस्थित बनाइने छ”,उहाँले भन्नुभयो ।

यस वर्ष यही पुस २८ देखि आगामी माघ २८ गतेसम्म सालीनदी मेला लाग्नेछ । एक महिनामध्येको कुनै एक दिन मात्र भए पनि सालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

 

  • 59Read This News:
  • 474413Total reads:
  • 282710Total visitors: