अवदेखी सवारी चालक अनुमतिको काम भक्तपुरको जगातीबाट पनि हुने

भक्तपुर, ४ पुस २०७३ । यातायात व्यवस्था विभागले भक्तपुर जगातीबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।

कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता भइसकेको र मङ्गलबार कार्यालयको उद्घाटन गरेपछि सेवा सुरु गर्ने भएको छ ।

विभागका शाखा अधिकृत चिरञ्जीवी सापकोटाले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी, फर्निचर एवम् फर्निसिङ, विद्युत् जडानको काम भइरहेको जानकारी दिनु भयो ।

उहाँका अनुसार मङ्गलबार सेवा सञ्चालन गरिने भए पनि व्यवस्थित रुपमा सेवा दिन भने त्यसपछि कम्तीमा एकसाता लाग्ने छ ।

कार्यालय जान दक्षिणतर्फ पनि सडक सञ्चालन, पार्किङ र सुरक्षा व्यवस्थापनलगायतका बारेमा छलफल भइरहेको उहाँको भनाइ थियो । उपत्यकामा ललितपुरको एकान्तकुनाबाट मात्र सवारी चालक अनुमतिपत्रसम्बन्धी काम हुँदै आएकोमा त्यहाँबाट मात्र सेवाग्राहीको काम ढिला भएको गुनासो बढेपछि सरकारले उपत्यकाको तीन स्थानमा कार्यालय खोल्ने तयारी गरेकोमा भक्तपुरमा पनि सञ्चालनमा आउने भएको हो ।

 

  • 62Read This News:
  • 458930Total reads:
  • 268476Total visitors: