आर्थिक सहयोगको अपिल

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दैवी प्रकोपद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गरेकोछ ।

हालै २०८३ साल भदौ १० गते बुधवारका दिन बिहान ८ बजेर ४० मिनेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति भएकोले उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिड र गोेरखा लगायतका तटीय क्षेत्रहरु प्रभावित भएकाछन । बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीब्रता दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएकोछ ।

उक्त बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी रहेको पनि उक्त कार्यालयले जानकारी दिएकोछ । यस विपदबाट प्रभावितहरुलाइ तत्कालै सुरक्षित स्थानमा ब्यबस्थापन गनुृपर्ने भएको र दीर्घकालिन पुनःस्थापना गर्नकोलागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनुहुन देश र बिदेशमा रहनुहुने सबैमा हार्दिक अपिल गरेकोछ ।

आर्थिक सहयोगकालागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा रहेको बिभिन्न बैकको नाम, खाता नम्बर र क्युआर कोड पनि उल्लेख गरिएकोछ । साथै अमेरिकी डलर आर्थिक सहयोग गर्न चाहनेको हकमा भने हिमालयन बैंक लिमिटेडको डलर खाता नंम्बर ०१९०५६३१२१००४६ मा जम्मा गर्नसक्नुहुनेछ ।

 

  • 35Read This News:
  • 480499Total reads:
  • 287970Total visitors:

Be the first to comment

Leave a Reply