क्याथफेष्ट २०१९ सम्पन्न

ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ सम्पन्न भएकोछ ।

“नेपालका समस्याहरूको समाधान” नारा दिइएको यस मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्पmत् सम्बोधन गर्न खोजिएको कलेजका प्राचार्य डा. मधु सूदन कायस्थ बताउनुभयो ।

सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरू समावेश गरिएको थियो । विद्यार्थीहरूद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको थियो ।

प्रदर्शनीका लागि काठमाडौँ उपत्यकाका विविध स्थानहरूबाट विद्यार्थी, प्राज्ञ, उद्योगी÷व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू तथा अन्य दर्शकहरूले अवलोकन गरेको प्राचार्य डा. मधु सूदन कायस्थ बताउनुभयो ।

 

  • 63Read This News:
  • 458621Total reads:
  • 268184Total visitors: