६ किलो चरेशसहित दुई पक्राउ

सुर्खेत, २३ पुस २०७५ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार विशेष सूचना पाएपछि इप्रका छिन्चुबाट खटिगएको टोलीले मदानीचौरस्थित जाजरकोट–छिन्चु सडकखण्डको माथिल्लो साइडमा घाँटी वनदेखि छिन्चुतर्फ आउने जाने सडकखण्ड नजिक वीरबहादुर बूढाको घरमा चरेश बरामद गरेको थियो ।

त्यसैगरी, ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आइतबार नै सुर्खेत प्रहरीले ४३५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । विभिन्न पसलबाट अवैध तयारी घरेलु मदिरा तथा कच्चा पदार्थ, भाँडावर्तन र मदिरा निर्माणमा प्रयोग हुने पाँच किलो औषधि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

  • 41Read This News:
  • 480364Total reads:
  • 287841Total visitors: