अमेरिका चीन व्यापार विवादबारे वार्ता जनवरी ७ र ८ मा चीनमा हुने

संयुक्त राज्य अमेरिका, २१ पुस २०७५ । अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् ।

व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटलाई निरन्तरता दिँदै यही जनवरी ७ र ८ मा व्यापारविवाद लगायतका बिषयमा छलफल गर्न अमेरिकी टोली चीन आउने कार्यक्रम तय भएको रूसी समाचार संस्था स्पुतनिकले चीनको बाणिज्य मन्त्रालयलाई उद्धृत गरी जनाएको छ ।

विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका नेताबीच यस पहिले जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटवार्तापछि उनीहरूले व्यापार विवादलाई अस्थायी रूपमा नै भएपनि ९० दिनका लागि रोक्न सहमति जनाएका थिए ।

“शुक्रबार विहानै चीन र अमेरिकी नेतृत्वबीच टेलिफोन वार्ता भएको छ । उक्त उप–मन्त्रीस्तरीय टेलिफोन कुराकानीबाट व्यापार विवादबारे वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल चीन आउनेछ,” चिनियाँ बाणिज्य मन्त्रालयले उल्लेख गरेको छ ।

चीनले वार्ताबारे थप पुष्टि गर्दै भनेको छ, अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी व्यापार प्रतिनिधि जेफ्रे गेरिसले गर्नुहुनेछ । साथै प्रतिनिधिमण्डलमा वैदेशिक मामिलाबारे जानकार ड्याभिस मालपास पनि सहभागी हुनुहुनेछ ।

अमेरिका तथा चिनियाँ व्यापार तथा आर्थिक बिषयका लागि गठित कार्यदलले दुई देशका उच्च नेताबीच अर्जेन्टिनामा भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयनका लागि रचनात्मक वार्ता गरी अघि बढ्ने विश्वास चीनको रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

 

  • 23Read This News:
  • 407133Total reads:
  • 220439Total visitors: