चीनमा हिमपात, सात लाख बीस हजार प्रभावित

चीन, १९ पुस २०७५ । चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण ७ लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् ।

स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ ।

हिमपात भएको हुनान प्रान्तमा ७ लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै ३ हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन् ।

हिमपातले झण्डै ५४ हजार २८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ । यस्ले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ छ ।

 

  • 19Read This News:
  • 406811Total reads:
  • 220131Total visitors: