मणिराज जोशीको प्रकाश महाकाव्य–विमोचन

काठमाडौँ, ७ मङ्सिर २०७३ । साहित्यकार एनडी प्रकाश चटौतको ८६ औँ जन्मजयन्तीका अवसरमा साहित्यकार मणिराज जोशीले लेख्नुभएको प्रकाश महाकाव्यको काठमाण्डौमा विमोचन गर्दै सहरी विकासमन्त्री अर्जुननरसिँह केसीले नेपालको अहिलेको राजनीतिक परिस्थितिले देश पुनः द्वन्द्वतिर जाने खतरा रहेको भन्दै फेरि मुलुक द्वन्द्वतिर गए संविधान निर्माण गर्ने प्रमुख शक्ति पराजित हुने खतरा आउने बताएकाछन ।

मन्त्री केसीले संविधानमा रहेका केही अपूर्णतालाई पूर्णता दिन मधेसी मोर्चालाई पनि सहमति गराएर संविधान संशोधन गर्नु र छोटो अवधिमा नै प्रादेशिक तहको निर्वाचन गरी संविधानलाई कार्यान्वयन गर्नुपर्ने वताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले स्व एनडी प्रकाशले सामाजिक क्षेत्रमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एनडी प्रकाशले साहित्य र समाज सेवामा दिनुभएको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरेकाछन ।

सांसद एनपी साउद तथा वरिष्ठ साहित्यकार आरडी प्रभास चटौटलगायतका वक्ताले समाजमा भएका धनी र गरिबको खाडल हटाउने कार्यमा सबै पक्षको ध्यान जानुपर्ने बताए ।

 

  • 270Read This News:
  • 459037Total reads:
  • 268582Total visitors: