बाँकेको नरैनापुर गाउँपालिका सार्वजनिक बिदा

बाँके, ४ मङ्सिर २०७५ । बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले बुधबार परेको मोहम्मद डेका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको गाउँपालिका हो । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मजयन्तीलाई इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाउने गर्दछन् ।

स्थानीय तहले आवश्यकताअनुसार बिदा दिन सक्ने व्यवस्थाअनुसार नरैनापुर गाउँपालिकामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, खजुरा र जानकी गाउँपालिकामा पनि मुस्लिम समुदायले मोहम्मद डे मनाउने गर्दछन् ।

 

  • 32Read This News:
  • 406946Total reads:
  • 220265Total visitors: