भारतको छत्तीसगढमा दोस्रो चरणको मतदान शुरु

भारत, ४ मङ्सिर २०७५ । भारतको छत्तीसगढ राज्यको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान शुरु भएको छ । यो चुनाव राज्यका १९ जिल्लाका ७२ स्थानका लागि हुँदैछ ।

छत्तीसगढ विधानसभा ९० सदस्यीय रहेको छ । सबै मतदान स्थलमा विद्युतीय मतदान मेसिन (इभीएम) को व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

चरमपन्थी नक्सलीहरुको आक्रमणको भयले एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । चुनावमा १९ हजार २९६ वटा मतदान केन्द्र राखिएको छ ।

दोस्रो चरणको यस मतदानमा भारतीय जनता पार्टी र कङ्ग्रेस सहितका दलहरु तथा स्वतन्त्र गरी एक हजार ७९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

गत नोभेम्बर १२ मा सम्पन्न पहिलो चरणको मतदानमा आठवटा जिल्लाका १८ स्थानका लागि चुनाव भएको थियो । पहिलो चरणको चुनावमा ७० प्रतिशत मतदान भएको छ ।

सन् २०१३ मा भएको विधानसभा चुनावमा भाजपाले ४९ स्थानमा विजय हासिल गरी ९० सदस्यीय संसदमा बहुमत हासिल गरेको थियो । चुनावमा कङ्ग्रेसले ३९, बिएसपी र स्वतन्त्रले एक स्थान जितेका थिए ।

 

  • 31Read This News:
  • 407032Total reads:
  • 220343Total visitors: