भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, २८ कात्तिक २०७५ । मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नं को भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को २० प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

 

  • 26Read This News:
  • 406546Total reads:
  • 219885Total visitors: