उत्तरी गोरखामा पहिरोमा परी एक विदेशीसहित चारजनाको मृत्यु

गोरखा, ६ असोज २०७३। उत्तरी गोरखाको केरौँजा– ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी आज एक विदेशी नागरिकसहित ४ जनाको मृत्यु भएको छ । पहिरोमा परी ४ विदेशी नागरिकसहित छ जना घाइते भएका छन् ।

पहिरोमा परी काठमाडौँका दोर्जे लामा र छिरि शेर्पा, ओखलढुङ्गा घर भएकी क्यान नेपाल संस्थामा काम गर्ने रञ्जना वस्नेत र एक स्पेनका नागरिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

घाइतेको फिष्टेल एयरले उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको छ । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर शव निकाल्ने कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थल सदरमुकामदेखि दुई दिनको पैदल दुरीमा पर्छ । गत वर्ष गएको भूकम्पपछि सो क्षेत्रमा पहिरो निरन्तर झर्ने गरेको बताइएको छ । मनास्लु क्षेत्रको पदमार्गका लागि हिँडेका विदेशी पर्यटकसहित नेपाली नागरिक पहिरोमा परेका हुन् ।

 

  • 64Read This News:
  • 405462Total reads:
  • 218858Total visitors: