भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

भारत, १५ भाद्र २०७५ । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ ।

वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८।३० भारतीय रूपैयाँ र मुम्बइमा ८५।७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ ।

त्यसैगरी डिजल दिल्लीमा ६९।९३ रूपैयाँ र मुम्बइमा ७४।२४ रूपैयाँ पुगेको छ ।

पेट्रोलका लागि यसअघिको मुल्य भन्दा दिल्लीमा १२ पैसा र मुम्बइमा १३ पैसा बढी तिर्नु पर्ने भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी डिजलमा पनि दिल्ली र कोलकत्तामा १४ पैसा र मुम्बई तथा चेन्नईमा १५ पैसा वृद्धि भएको निगमले जनाएको छ ।

 

  • 57Read This News:
  • 404654Total reads:
  • 218116Total visitors: