रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ को हजार हाइकू लोकापर्ण

काठमाडौँ, २१ असार २०७५ । साहित्यकार रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ को हाइकूसंग्रह ‘हजार हाइकू’ लोकापर्ण भएको छ ।

वुधवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पाँडेका पाँचसय र पौडेलका पाँचसय हाइकू संग्रहित पुस्तक हजार हाइकू लोकापर्ण गरिएको हो ।

“रित्तो करुवा
समुन्द्रको खोजीमा
एउटा बालक”

सोही हाइकू वाचन गर्दै लेखक पौडेलले भन्नुभयो, “जापान हाइकूको उद्गम स्थल भएकै कारण जापानमा बस्दा जानेका हाइकू निकाल्ने प्रयत्न गरेको हुँ ।”

अर्का लेखक पाँडेले भन्नुभयो, “नेपालमा हाइकूको सुरुवात मैले नै गरेको थिएँ, अहिले जताततै हाइकू प्रचलित हुने गरेको छ ।”

जापानमा सुनामी आउँदा विश्वभरीबाट पठाइएका हाइकूमध्ये आफ्नो हाइकू पनि छनोटमा परेको जानकारी दिनुभयो । उहाँका प्रकाशित हाइकूमध्ये बढी अंगे्रजीमा प्रकाशित छन् ।

लोकापर्ण कार्यक्रममा समालोचक खगेन्द्रप्रसाद लुँइटेलले हाइकूमा मौलिकता भत्काउन नहुने भन्दै हजार हाइकूमा निकै राम्रो संयोजन रहेको विचार व्यक्त गर्नुभयो

 

  • 71Read This News:
  • 480680Total reads:
  • 288139Total visitors: