नारायणी नेपाल कागज उद्योगमा आगलागी, १८ लाखको क्षति

चितवन, २१ चैत २०७४ । चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।

भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो । दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए ।

सो घटनामा मानवीय क्षति भने भएन । कारखाना र त्यहाँ रहेका कागज र कच्चापदार्थ ठूलो मात्रामा क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबारे प्रहरी अनुसन्धान भइरहेको छ ।

 

  • 41Read This News:
  • 407261Total reads:
  • 220563Total visitors: