विस्फोटक पदार्थसहित दुई जना पक्राउ

धादिङ, १६ मंसिर २०७४ । काँकडभिट्टाबाट काठमाडौ आउँदै गरेको यात्रुवाहक बसबाट दुई जनालाई प्रहरीले विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख ४९७६ नंको यात्रुवाहक बसबाट एउटा प्रेसर कुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।

 

  • 47Read This News:
  • 439022Total reads:
  • 250955Total visitors: