फुल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः नेत्री दर्शना

बाँके, १६ मंसिर २०७४ । विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताउनुभएको छ ।

उक्त पार्टीले शुक्रवार यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब हाम्रो पार्टीलाई विश्वास गर्नुस्, हामी टायर बालेर होइन फुल रोपेर राजनीतिमा सुगन्ध झार्न चाहन्छौँ ।”

“राजनीतिमा ‘फेल’ भएका नेतालाई जनताले पटकपटक सत्तामा पु¥याए, फेल भएकाले मुलुकलाई ‘पास’ गर्न सक्दैन, तसर्थ यो निर्वाचनमा मतदाताले नयाँ चित्र र चरित्रलाई जिताउनु पर्छ”–नेत्री रञ्जनाले भन्नुभयो, “लोकतन्त्र ल्याउने पार्टी र त्यसका नेताले राजनीतिमा लुटतन्त्र पनि भित्र¥याए फलस्वरुप मुलुकमा विकास भएन, अराजकता बढ्यो, दिन प्रतिदिन हामी नेपाली पछौटेपनमा बाँच्न बाध्य भयौँ ।”

विवेकशील साझा पार्टीका तर्पmबाट बाँके क्षेत्र नं को २ (ख) का उम्मेदवार डा विनोद कर्ण, क्षेत्र नं १ को (क) का उम्मेदवार दयाराम थारु र (ख) का उम्मेदवार ज्योति परियारले आपूmहरुले चुनाव जितेमा राजनीतिक क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्ने विश्वास दिलाउनुभयो ।

 

  • 49Read This News:
  • 506076Total reads:
  • 309399Total visitors: