काठमाडौँ डल्लु आवास क्षेत्रमा बहुउद्देश्यीय कभर्ड हल बनाइने

काठमाडौँ, १६ मंसिर २०७४ । नेपाल ओलम्पिक कमिटीले काठमाडौँ महानगरपालिका–१५ डल्लु आवास क्षेत्रमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय कभर्ड हल बनाउने भएको छ ।

करिब ६ रोपनीको क्षेत्रफलमा निर्माण गरिने उक्त हल आगामी पुसदेखि शुरु भई एक वर्षको समयावधिमा पूरा गरिनेछ । उक्त प्रयोजनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रु साढे चार करोड नेपाल ओलम्पिक कमिटीलाई पठाइसकेको कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । हलको संरचनासमेत तयार भइसकेको छ । इनडोर खेल सञ्चालनका लागि उपयोगी हुने र सो हल निर्माणमा डल्लु आवास स्थानीय सहयोग समितिले समेत केही रकम सहयोग गर्ने जनाइएको छ ।

 

  • 17Read This News:
  • 260582Total reads:
  • 129904Total visitors: