बेलायती प्रधानमन्त्री मेका कारण सुरक्षा व्यवस्था फितलो भएको प्रतिपक्षी नेताको आरोप

बेलायत, २३ जेठ २०७४ । बेलायती प्रतिपक्षी नेता जेरमी कर्बिनले वर्तमान् प्रधानमन्त्री थेरेसा मेले छ वर्षसम्म गृह मन्त्रालय सम्हाल्ने क्रममा प्रहरी अधिकारीको दरबन्दी सङ्ख्या घटाउनु गलत भएको भनी उहाँको राजीनामा आउनुपर्ने बताउनुभएको छ ।

कर्बिनले प्रहरी बलमा भएको दरवन्दी कटौतीले बेलायतमा सुरक्षा अवस्थामाथि आवश्यक ध्यान पुग्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गर्दै विभिन्न समूहले राजीनामा माग गरेकोमा आफ्नो समर्थन जनाउनुभएको हो ।

३ महिनाको दौरानमा ३ पटक आतङ्कवादी हमला भएको प्रसङ्ग बताउँदै प्रहरी दरबन्दी घटनाउनु वर्तमान् प्रधानमन्त्रीको गलत निर्णय थियो कर्बिनको दाबी छ ।

राज्यप्रति संवेदनशील रूपमा सोच्नसक्ने धेरै जनताले मेले गृहमन्त्री सम्हालेका बेला गरेको दरबन्दी कटौती गर्ने निर्णय गलत भएको जनाउँदै कर्बिनले भन्नुभयो, “हामीले प्रहरी सङ्ख्या कुनै हालतमा घटाउनु हुँदैनथ्यो, घटाएकाले सुरक्षामा समस्या देखियो ।”

यसअघि सोमबारै प्रधानमन्त्रीले आफ्नो पूर्व निर्णयलाई रक्षा गर्दै लन्डनको महानगरीय प्रहरी बल स्रोतले सशक्त रहेको जनाउँदै आतङ्कवादविरोधी अभियान सञ्चालन गर्न क्षमतावान एवम् शक्तिशाली रहेको बताउनुभएको थियो ।

 lalpurja bitaran 4

london bridge 1 london bridge

 

  • 82Read This News:
  • 485767Total reads:
  • 290592Total visitors: