मध्यावधि निर्वाचनमा ५५ प्रतिशत मत ल्याई मस्कट दोश्रो कार्यकालकालागि माल्टाका प्रधानमन्त्री

माल्टा, २३ जेठ २०७४ । माल्टामा भएको संसदीय निर्वाचनमा ५५ प्रतिशत मत ल्याई लेबर पार्टी विजय भएपछि उक्त दलका नेता जोसेफ मस्कटले प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालका लागि सोमबार सपथ लिनुभएको छ ।

प्रधानमन्त्री मस्कटले सपथ पछि समलिङ्गीबीच विवाह गर्ने कानुनको निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले आगामी केही हप्तापछि संसद बैठक बोलाइने र बैठकले समलिङ्गीलाई विवाह गर्न पाउने अधिकारको व्यवस्था कानुनी रूपमा गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

मस्कटको दल लेबर पार्टीले शनिबारको मतदानबाट ५५ प्रतिशत मत ल्याई विजय हुँदा प्रतिपक्ष नेसनल फोर्स गठबन्धनले मात्र ४४ प्रतिशत ल्याएको छ ।

मस्कटमाथि आफ्नी श्रीमतीले देश बाहिर रहेको कम्पनीमा लगानी गरेको कुरा गत वर्ष पानामा पेपर्समार्फत् बाहिर आएपछि आफूमाथि जनसमर्थन कायम रहेको प्रमाणित गर्न एक वर्ष पहिले नै मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री तथा उहाँको दलले मस्कटमाथि आफ्नी श्रीमतीले देश बाहिर रहेको कम्पनीमा लगानी गरेको कुरालाई खण्डन गर्दै आएको छ ।

 

  • 94Read This News:
  • 509507Total reads:
  • 312784Total visitors: