हुम्लामा चीनले नेपाली भूमि मिचेको छैन

२०७३ सालमा जस्र्तै अहिले पनि चीनले नेपाली भुमी अतिक्रमण गरेको समाचार आएपछि सरकारले छानविन समिति बनाएर सत्यतथ्य छानविन पकृया अघि वढाएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित प्रेस वक्तव्यमा जानकारी गराउनु भएकोछ ।

मन्त्री ज्ञवालीका अनुसार गृह, परराष्ट्र र भूमि सुधार मन्त्रालयको छानविन समितिले उक्त क्षेत्रमा नेपाली सीमा भन्दा १ किलोमिटर पर चीनकै भुमीमा चीनले घर निर्माण गरेको देखाएको बताउनु भयो।

हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिलेपनि उक्त क्षेत्रमा रहेको र छानविन गरिरहेकोले उक्त टोली फर्केपछि थप विवरण आउने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी गराउनु भयो ।

 

  • 225Read This News:
  • 502258Total reads:
  • 305764Total visitors: