सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालद्वारा आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइँदै ।

म्याग्दीको बेनीबजारसँगै जोडिएको पर्वतको लेखफाँटमा रहेको मार्बल उद्योगबाट निकालिएको मार्बल । यहाँका मार्बल गुणस्तरीय भएकोले यस क्षेत्रमा राम्रो बजार लिएको छ ।

पोखरामा जारी छैटौं साहित्यिक महोत्सवमा मुन्धुम साहित्यको सौन्दर्य विषयको छलफलमा जुट्दै साहित्यकार बैरागी काइँला र भूपाल राई ।

प्रधानन्यायाधीश सुशीला कार्की आइतबार न्याय परिषदको २६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘न्याय परिषद बुलेटिन सार्वजनिक’ गर्दै ।

रोल्पा खुंग्रीका स्थानीयवासीले परम्परागत तरिकाले कोलमा चिउरी पेलेर तेल निकाल्दै ।

बालाचर्तुदशी पर्वको अवसरमा सोमबार म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिर परिसरमा सतबिज छर्न आएका भक्तजनहरुको भीड ।

गणतन्त्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि हुने तीन दिने नेपालको राजकीय भ्रमणको तयारीका सिलसिलामा पूर्वाभ्यास गर्दै कारगेड ।

Prev Next
Error
  • There was a problem loading image bimochan_2071-11-29.jpg in mod_featcats
Print

सिस्नोको धूलोबाट आकर्षक आम्दानी

म्याग्दी, भाद्र १९ । म्याग्दीको ग्रामीण क्षेत्रमा उत्पादित सिस्नोको पाउडरको खपत बढ्न थालेपछि यहाँका महिला उद्यमीले आकर्षक आम्दानी गर्न थालेका छन् ।

गाउँघरमा खेतबारी, बाटोघाटो, जङ्गल र खोल्सामा पाइने छुँदा च्वास्स पोल्ने सिस्नोलाई प्रशोधन गरेर बनाएको (धूलो) पाउडर स्वास्थ्यका लागि पोसिलो हुने भएपछि यसको माग बढेको हो ।

सहरी क्षेत्रमा बसोवास गर्ने व्यक्तिहरूबाट सिस्नोको धूलोको माग बढ्न थालेपछि महिला उद्यमी उत्साहित बनेको बेनी नगरपालिका–१० न्याप्टेचौरकी उद्यमी गङ्गा खत्रीले बताउनुभयो ।

पछिल्लो समय यसको महत्वका बारेमा जनस्तरमा जानकारी हुन थालेपछि बेनी, पोखरा, बुटवल र काठमाडाँैमा सिस्नो पाउडरको खपत बढ्दै गएको खत्रीले बताउनुभयो ।

विसं २०६४ मा सिस्नोको पाउडर उत्पादन गर्ने तालिम लिएर थोरैमात्र सिस्नो उत्पादन गर्ने गरेका नेप्टेचौरका महिलाले हाल मासिक रूपमा ३० देखि ४० केजीसम्म उत्पादन गर्दै आएका छन् ।

सिस्नोको धूलोबाट मासिक रु १५ हजारदेखि ३० हजारसम्म आम्दानी गर्ने गरेको अर्की उद्यमी थुमकुमारी कार्कीले बताउनुभयो ।

सुरुका वर्षमा बिक्री गर्न समस्या भए पनि पछिल्लो समय भने माग पु¥याउनै धौ धौ भएको उद्यमीहरू बताउँछन् । हाल नेप्टेचौरमा ११ जना उद्यमीले सिस्नोको पाउडर उत्पादन गर्दै आएका छन् । सुगर, कमलपित्त, ग्यास्टिक र दमका रोगीलाई उपयोगी सिस्नो पाउडरको सुप पिउँदा रोग प्रतिरोधात्मक शक्ति बढ्ने जनविश्वास रहेको छ ।

सिस्नोको कलिलो मुना टिपेर घाममा सुकाई प्रशोधन गरेर पाउडर उत्पादन गरिन्छ । पर्यटकीय स्थल पोखराको लेकसाइड, मुस्ताङ र म्याग्दीका होटलमा पनि सिस्नो पाउडर खपत हुन्छ ।

जिल्लामा हाल नेप्टेचौर, पाखापानी र बेगका ४३ जना महिलाले सामूहिक रूपमा सिस्नो पाउडर उत्पादन गर्छन् ।

खेर जाने सिस्नोको मुना सङ्कलन गरेर घरायसी कामबाट बचेको समयमा पाउडर बनाउन थालेको बेगकी लालकुमारी पुनले बताउनुभयो । १० किलो हरियो मुनाबाट एक किलो पाउडर उत्पादन गर्न सकिन्छ । प्रतिकेजी सिस्नोको पाउडरलाई प्याकेटमा राखेर फुटकर ४०० र होलसेल ३५० रुपैयाँका दरले बिक्री गरिन्छ ।

सिस्नो पाउडर उत्पादनका लागि बहुसरोकारवाला वन कार्यक्रमले सङ्गम म्याग्दीमार्फत सीपमूलक तालिम, मुना टिप्न पञ्जा, प्रशोधनका उपकरण तथा बजारीकरणमा सहयोग गरेको छ ।

नेप्टेचौरका उद्यमीलाई विद्युतीय सोलार डायर खरिदका लागि रु एक लाख ५५ हजार उपलब्ध गराएको सङ्गम म्याग्दीका कार्यक्रम संयोजक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो ।

यसैगरी बेगका उद्यमीलाई सिस्नो पाउडर प्रशोधन गर्ने ग्रान्डर मेसिन उपलब्ध गराइसकेको र सोलार डायर उपलब्ध गराउने पहल भइरहेको ढुङ्गानाले बताउनुभयो ।

Print

अपि पावरको ११औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, भाद्र २९ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । कम्पनीले ८.५ मेगावाट क्षमताको नौगड गाढ साना जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ ।

    कम्पनीबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणबाट निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको बलाँच सवस्टेसनमा जडान गरिनेछ । उत्पादित विद्युत्बाट सुदूरपश्चिमको पहाडी जिल्लाहरूमा विद्युत् भार कटौती कम हुने विश्वास गरिएको छ ।

    कम्पनीमा हाल एक हजार नौजना संस्थापक सेयरधनी छन् । कम्पनीले २०७१ साल चैतभित्र विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

    कम्पनीले आफ्ना चुक्ता पुँजी रु १०० करोड पु¥याउने प्रस्तावसहित निकट भविष्यमा नै स्थानीय जनतालाई रु १० करोडको र सर्वसाधारणलाई रु २९.४ करोड बराबरको प्राथमिक सेयर निष्काशन (आइपिओ) गर्ने प्रस्ताव पारित गरेको छ ।

    कम्पनीले आठ मेगावाटको अपर नौगड गाढ र २४.५ मेगावाटको अपर चमेलिया आयोजनाको निर्माण कार्यसमेत अघि बढाउने योजना कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले साधारणसभामा पेस गर्नुभएको थियो । रासस

Print

इटहरीका रिक्सा चालकहरू सिटी सफारी विरुद्ध आन्दोलनमा

सुनसरी, भाद्र २९ । रिक्सा चालकहरू आज बिहानैदेखि इटहरीमा आन्दोलनमा उत्रिएका छन् ।  ब्याट्रीबाट चल्ने सिटी सफारी इटहरी नगरपालिकामा दर्ता भई सञ्चालन हुन थालेपछि रिक्सा चल्न छाडेको भन्दै त्यसको विरोधमा रिक्सा चालकहरूले विरोध जनाउँदै आएका छन् ।
    
इटहरी नगरपालिकाको सांस्कृतिक भवनमा शनिबार भएको रिक्सा चालक संगठनको अधिवेशनमा चालकहरूले सिटी सफारी सञ्चालनमा रोक लगाउने विषयमा जोडदार रूपमा आवाज उठाए पनि रिक्सा चालकहरूको युनियनले कुनै निर्णय नलिएपछि उनीहरू आन्दोलित भएका हुन् ।
    
रिक्सा चालकहरूले युनियनले गरेको कुनै पनि निर्णय मान्न नहुने बताएका छन् । सिटी सफारीलाई इटहरीबाट हटाई छाड्ने अठोटसहित उनीहरू बिहानैदेखि माइकिङ गर्दै बिहान १० बजेदेखि सडकमा लामबद्ध रिक्सा प्रदर्शन गरेर विरोधमा उत्रिएका छन् ।

इटहरी तथा आसपासका क्षेत्रमा झन्डै तीन हजारभन्दा बढी रिक्सा सञ्चालनमा रहेका छन् भने अहिले ब्याट्रीबाट चल्ने रिक्साको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको छ । रासस

Print

आयल निगम द्वारा पुर्वको चार ग्यास उद्योगको अनुगमन

 विराटनगर, भाद्र २९ । सुनसरी र मोरङमा सञ्चालित चार वटा ग्यास उद्योगको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय विराटनगरले अनुगमन गरेको छ । निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख सीताराम पोखरेलको नेतृत्वमा खटिएको टोलीले कोसी ग्यास उद्योग, सुनसरीको सुविधा ग्यास उद्योग, प्रिमा ग्यास र कामख्या ग्यास उद्योगमा शनिबार अनुगमन गरेको थियो ।
    
    टोलीले ती ग्यास उद्योगको अवस्था, सुरक्षाको वातावरण, नापतौल यन्त्रको अवस्था, प्रदूषण नियन्त्रणका सम्बन्धमा गरिएका कार्य र म्याद नाघेका सिलिण्डर प्रयोगबारे अनुगमन गरेको थियो । टोलीमा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शशिभूषण यादव, वाणिज्य कार्यालय विराटनगरका प्रमुख नयराज नेपाल, उपभोक्ता संरक्षण मञ्चका मोहन भट्टराईलगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
    
    ग्यासको थोक तथा खुद्रा विक्रेताको अनुगमन पटक–पटक भए पनि ग्यास उद्योगको लामो समयदेखि अनुगमन नभएकाले उपभोक्ताको हितका लागि अनुगमन गरिएको आयल निगमका प्रमुख पोखरेलले बताउनुभयो । ती उद्योगले प्रतिदिन करिब दुई हजार ग्यास सिलिण्डर बजार बिक्री वितरणका लागि पठाउने गरेका छन् ।


    • कोहलपुर पर्यटन महोत्सव सुरु

      बाँके, ७ फागुन २०७२ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले आर्थिक क्रान्तिका लागि विकासको गतिविधि सञ्चालन गरेर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । बाँकेको कोहलपुरमा विहिवारदेखि सुरु उद्योग व्यापार मेला तथा कोहलपुर पर्यटन...

    • ३ गीती संग्रह विमोचन

      काठमाण्डौ, २८ फाल्गुण २०७१ । गत शोमवार काठमाण्डौको अनाम नगरमा एकै साथ तिन गिति संग्रह विमोचन भएकोछ । गायक तथा संगीतकार देवेन्द्र राईको कन्फ्युज्ड, गायिका अन्जु गुरुङको वेला र सुवास कार्कीले निर्माणका गरेको संविधान बन्नु पर्छ बोलको एकल...

    • यादव खरेलका 'हराएका गीतहरू'

      काठमाडौ, फाल्गुन ३,२०७१। "माया फिर्ता लाँदै छु, आउँदिनँ म जाँदै छु, बैगुनीलाई छाडी सम्झना..." डीबी महेश पाल्पालीले गाएको यस गीतलाई पछिल्लो पुस्ताले कमै सुनेका होलान् । तीन सयभन्दा बढी गीत गाइसकेका उनी गुमनामजस्तै छन् । २०२० ताका रेकर्ड गरिएको उनको यो गीत लेखक यादव...

Watch Videos

Music Albums