सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालद्वारा आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइँदै ।

म्याग्दीको बेनीबजारसँगै जोडिएको पर्वतको लेखफाँटमा रहेको मार्बल उद्योगबाट निकालिएको मार्बल । यहाँका मार्बल गुणस्तरीय भएकोले यस क्षेत्रमा राम्रो बजार लिएको छ ।

पोखरामा जारी छैटौं साहित्यिक महोत्सवमा मुन्धुम साहित्यको सौन्दर्य विषयको छलफलमा जुट्दै साहित्यकार बैरागी काइँला र भूपाल राई ।

प्रधानन्यायाधीश सुशीला कार्की आइतबार न्याय परिषदको २६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘न्याय परिषद बुलेटिन सार्वजनिक’ गर्दै ।

रोल्पा खुंग्रीका स्थानीयवासीले परम्परागत तरिकाले कोलमा चिउरी पेलेर तेल निकाल्दै ।

बालाचर्तुदशी पर्वको अवसरमा सोमबार म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिर परिसरमा सतबिज छर्न आएका भक्तजनहरुको भीड ।

गणतन्त्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि हुने तीन दिने नेपालको राजकीय भ्रमणको तयारीका सिलसिलामा पूर्वाभ्यास गर्दै कारगेड ।

Prev Next
Error
  • There was a problem loading image bimochan_2071-11-29.jpg in mod_featcats
Print

रणवीर र प्रियंका टाढा टाढा

f8f1fe3be3ae9ee477fba53b7c72b6a5 Lमुम्वई- एउटा समय थियो वलिउडमा रणवीर सिंह र प्रियांका चोपडाको क्यामेस्ट्री निकै मिल्थ्यो। तर सिंह र चोपडा जोडिमा आजभोली खटपट आउन थालेको छ। फिल्म 'गुण्डे' मा सिंह र चोपडाको जोडिलाई याद गर्नु भएकै होला। गुण्डेको प्रचारको समयमा पनि दुवैका 'रोमान्स'का समाचार वलिउडमा चर्चित थिए।
तर यो जोडि लामो समय टिक्न सकेन। फिल्म 'दिल धडकने दो' मा दुवै जना मुख्य भुमिकामा छन्। रणवीर र प्रियंका यो फिल्म सुटिंगको समय टाढा टाढा भएका छन्।

Print

राष्ट्रिय लोक संचारकर्मी नेपालको तेश्रो महाधिवेशन

राष्ट्रिय लोक संचारकर्मी नेपालको छैतौ वार्षिक साधारण सभा तथा तेश्रो महाधिवेशन २०७१ साल असार ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दोश्रो संविधान साभाका उपसभामुख ओनसारी घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

विश्व संगित दिवसको अवसरमा नेपालको संविधानमा नेपाली मौलिक संस्कृति विषयक अन्तरक्रिया एवं व्यक्तित्व सम्मान कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशीलाइ सम्मानका साथै गायक, संकलक तथा कलाकार जयनन्द लामा, वरिष्ठ संगितकार तथा अन्वेशक वुलु मुकारुङ्ग र तुलसी दिवसले आफ्नो कार्यपत्र पेश गरेका थिए ।

राष्ट्रिय महाधिवेशनले हरिवल्लभ नेपालको नेतृत्वमा १५ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको छ । अध्यक्ष र सचीव बाहेक सम्पुर्ण पदमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा हरीबल्लभ नेपालले, उहाँका प्रत्यासी गोविन्द शर्मालाई पराजित गर्नु भएको हो । त्यस्तैै सचीवमा हरी दुलालले उहाँका प्रतिश्पर्धी अर्जुनराज भन्डारीलाई पराजित गर्नु भएको हो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा राम अविरल उपाध्यक्षमा चन्द्रमणी गौतम, सहसचिबमा रामनाथ घिमिरे कोषाध्यक्षमा सागर गुरुङ तथा सह कोषाध्यक्षमा रमेश बस्नेत सर्बसम्मत निर्वाचित हुनु भएको छ । केन्द्रिय सदस्यहरु अर्जुुन घिमिरे, सुर्दशन आर्चाय, अनुषा पौडेल, मधु शाही, महेन्द्र घतानी, शम्भु कुँबर, राजु मिया, शरण हुमागाँई चयन भएकोछ । 

Print

चन्द्रमुखी लिएर आए भिषण मुकारुङ्ग

  "अंधेरी जून फुल्दा पधेँरीमा तिमी आउनु 

पाउजु वज्ला काँडा विज्ला खाली खुट्टा नआउनु"

गितवाट आफ्नो गायन यात्रा सुरु गरेका नेपालका उदयीमान गायक भिषण मुकारुङ्गको आफ्नो चौथो एल्वम "चन्द्रमुखी"  २०७१ असार ९ गते दिउसो ४ वजे मण्डला नाटक घर अनामनगर काठमाण्डौमा विमोचन गरियो । अम्वर गुरुङ्गको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा अम्वर गुरुङ्ग, वुलु मुकारुङ्ग, गायिका लोचन भट्टराइ, विश्व वल्लभ द्वारा एल्मव चन्द्रमुखी विमोचन गरिएको थियो । उक्त एल्वममा गायक मुकारुङ्गको पहिलो गित अँधेरीमा जून फुल्दाको परिमार्जन गरी समावेश गरिएको छ । 

चन्द्रमुखी एल्वममा समावेस गरिएको शिर्ष गित चन्द्रमुखीको म्युजिक भिडियोपनि उक्त कार्यक्रममा सार्वजनिक गरिएको थियो । करिव २०० भन्दा वढि गितमा स्वर दिइसकेका गायक भिषण मुकारुङ्गको "विश्वासको वन्धन", "सक्सेस" र "माहोल" पछि यो "चन्द्रमुखी" चौथो एल्वम हो । 

नविन दाहाल, शुभ मुकारुङ्ग, जीवन मुकारुङ्ग, दिनेश वान्तावा, प्रभा आचार्य, वसन्त थाम्सुहाङ्ग, कुमार विवाहित, जाड्वु शेर्पा र कुल रुङमाङको गित पारस मुकारुङ्ग, भिषण मुकारुङ्ग, महेश खड्का, सुरेश अधिकारी, वसनत सापकोटा, वलराम समाल र दिनेश वान्तवाको संगित रहेको एल्वम चन्द्रमुखीमा चन्द्रमुखी, बिनायामा, अधेँरीमा जून फुल्दा, तिमीलाई देखे, भुलेर तिमीलाई, आँखामा आँखै, कोही उदास, पीरतीको डोरी, हामीले नगरे वोलको ९ वटा गित समावेस गरिएको छ । 

-विस्थापीत पोखरेली

Print

छिन्नलता गीत पुरस्कार पाँच जनालाई

 

 

 

काठमाण्डौ, असार २४ । लामो समयदेखि गीत, सङ्गीत क्षेत्रमा लागेका पाँच प्रतिभालाई छिन्नलता गीत पुरस्कार गुठीले आज ३९ औं छिन्नलता गीत पुरस्कारबाट सम्मान गरिएको छ ।  गीतकार रमोलादेवी शाह (छिन्नलता)को ९२औँ जन्मजयन्तीका अवसरमा गुठीद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले गीत रचनातर्फ डा रामविक्रम सिजापती, सङ्गीततर्फ राजु सिंह, गायनतर्फ उदय सोताङ, नवप्रतिभातर्फ रेजिना रिमाललाई २०७० सालको छिन्नलता गीत पुरस्कारबाट सम्मान गर्नुभएको हो । पुरस्कार प्रदान गर्दै उपराष्ट्रपति झाले गीत, सङ्गीत प्रत्येक राष्ट्रका गहना भएको र नेपाली गीत सङ्गीतलाई सजाएर राख्न सकिए त्यसले राष्ट्रको गरिमा बढ्ने बताउनुभयो । पुरस्कृत व्यक्तिहरु जनही २० हजार रु.सहित सम्मानपत्र र नवप्रतिभा रिमाललाई  १० हजार रु.सहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । 

 

 

 

 


    • कोहलपुर पर्यटन महोत्सव सुरु

      बाँके, ७ फागुन २०७२ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले आर्थिक क्रान्तिका लागि विकासको गतिविधि सञ्चालन गरेर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । बाँकेको कोहलपुरमा विहिवारदेखि सुरु उद्योग व्यापार मेला तथा कोहलपुर पर्यटन...

    • ३ गीती संग्रह विमोचन

      काठमाण्डौ, २८ फाल्गुण २०७१ । गत शोमवार काठमाण्डौको अनाम नगरमा एकै साथ तिन गिति संग्रह विमोचन भएकोछ । गायक तथा संगीतकार देवेन्द्र राईको कन्फ्युज्ड, गायिका अन्जु गुरुङको वेला र सुवास कार्कीले निर्माणका गरेको संविधान बन्नु पर्छ बोलको एकल...

    • यादव खरेलका 'हराएका गीतहरू'

      काठमाडौ, फाल्गुन ३,२०७१। "माया फिर्ता लाँदै छु, आउँदिनँ म जाँदै छु, बैगुनीलाई छाडी सम्झना..." डीबी महेश पाल्पालीले गाएको यस गीतलाई पछिल्लो पुस्ताले कमै सुनेका होलान् । तीन सयभन्दा बढी गीत गाइसकेका उनी गुमनामजस्तै छन् । २०२० ताका रेकर्ड गरिएको उनको यो गीत लेखक यादव...

Watch Videos

Music Albums