सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालद्वारा आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइँदै ।

म्याग्दीको बेनीबजारसँगै जोडिएको पर्वतको लेखफाँटमा रहेको मार्बल उद्योगबाट निकालिएको मार्बल । यहाँका मार्बल गुणस्तरीय भएकोले यस क्षेत्रमा राम्रो बजार लिएको छ ।

पोखरामा जारी छैटौं साहित्यिक महोत्सवमा मुन्धुम साहित्यको सौन्दर्य विषयको छलफलमा जुट्दै साहित्यकार बैरागी काइँला र भूपाल राई ।

प्रधानन्यायाधीश सुशीला कार्की आइतबार न्याय परिषदको २६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘न्याय परिषद बुलेटिन सार्वजनिक’ गर्दै ।

रोल्पा खुंग्रीका स्थानीयवासीले परम्परागत तरिकाले कोलमा चिउरी पेलेर तेल निकाल्दै ।

बालाचर्तुदशी पर्वको अवसरमा सोमबार म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिर परिसरमा सतबिज छर्न आएका भक्तजनहरुको भीड ।

गणतन्त्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि हुने तीन दिने नेपालको राजकीय भ्रमणको तयारीका सिलसिलामा पूर्वाभ्यास गर्दै कारगेड ।

Prev Next
Error
  • There was a problem loading image bimochan_2071-11-29.jpg in mod_featcats
Print

जुलियन असान्जलाई परिवारको चिन्ता

असार ६ – विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नो परिवार असुरिक्षत रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

लण्डनमा रहेको इक्वेडरको दूतावासमा सञ्चारकर्मीसंग असान्जले अपरिचित व्यक्तिले आफ्ना सन्तान र आमालाई धम्की दिएको भन्दै परिवारको सुरक्षा प्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले चार वर्षदेखि परिवारसंग भेट्न नपाएको गुनासो पनि गर्नुभयो । आफ्ना वकिलले राजनीतिक शरण त्यागे अमेरिकामा सुपुर्द गरिने गम्भीर खतरा रहेको बताएको भन्दै असान्जले आप्mनो भविष्यप्रति निश्चिन्त नभएसम्म इक्वेडरको दुतावासमै रहने पनि बताउनुभयो ।

बेलायतको सर्वोच्च अदालतले यौन दुव्र्यवहारको आरोपबाट मुद्दा खेप्न स्वीडेनमा सुपुर्द गर्न आदेश दिएपछि २ वर्ष देखि असान्ज इक्वेडरको दूतावासमा शरण लिएर बस्नुभएको छ ।

इक्वेडरले शरण दिएपनि आफूलाई अमेरिका फर्काइन सक्ने आशंकाका कारण दूतावास छोड्न चाहनुभएको छैन । सन् २०१२ मा विकिलिक्सले विवादास्पद अमेरिकी दस्तावेज सार्वजनिक गरेपछि असान्ज चर्चामा आउनुभएको हो ।

Print

अमेरिकी सेना इराक युद्धमा फर्किदैनः ओबामा

असार ६ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी सुरक्षा फौज अब युद्धका इराक नफर्किने स्पष्ट पार्नुभएको छ ।

सुन्नी लडाकु संगठन आइसिसले आक्रमण तीव्र पारेपछि इराकलाई सघाउन अमेरिकाले सैन्य कारवाही शुरु गर्ने अनुमान गरिएकै बेला राष्ट्रपति ओबामाले यस्तो बताउनुभएको हो ।

उहाँले अमेरिकी सुरक्षा फौज संघर्षमा सहभागी हुन इराक नफर्किने तर इराकलाई आतंकवादी विरुद्धको लडाईमा सघाउने बताउनुभयो । अमेरिका इराकमा इस्लामिक लडाकू विरुद्ध लक्षित र संक्षिप्त सैन्य कारवाहीका लागि तयार रहेको तर त्यस्तो कारवाही इराकको अवस्था र आवश्यकताका आधारमा हुने राष्ट्रपति ओबामाको भनाई छ ।

उहाँले अमेरिकाले इराकमा एउटा सम्प्रदायको विरुद्ध अर्कोलाई समर्थन गर्ने गरी कुनै पनि सैन्य कारवाहीलाई समर्थन नगर्ने पनि बताउनुभयो । इराक संकटको सैन्य समाधान खोजिन नहुने भन्दै राष्ट्रपति ओबामाले सिया नेतृत्वको इराकी सरकारलाई समावेशी बन्न आग्रह गर्नुभयो ।

उहाँले इस्लामिक लडाकु विरुद्धको संघर्षमा सघाउन ३ सय जना सैन्य सल्लाहकार इराक पठाइने बताएको बिबिसीले जनाएको छ । from unn.com.np

Print

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।
आगामी साता आफ्नो भ्रमणका क्रममा चीनका प्रधानमन्त्री ली केकियाङले लन्डनलाई चिनियाँ मुद्रा कारोबारस्थल बनाउन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग छलफल गर्ने भएका छन्।
आगामी मंगलबार लीले बेलायती प्रधानमन्त्रीसँग लन्डनलाई चिनियाँ मुद्रा र धितोपत्र कारोबारस्थलका रुपमा विकास गर्ने आफ्नो वार्ताको विषयसूचीमा राखेको चिनियाँ वाणिज्य उपमन्त्री गाओ यानले बिहीबार जानकारी दिइन्। चिनियाँ प्रधानमन्त्री लीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग आधारभूत सुविधा निर्माण, तीव्र गतिको रेल निर्माणमा चीनको लगानी, आणविक तथा आर्थिक मामिलामा छलफल गर्ने पनि गाओले बताइन्।
गाओका अनुसार लीले चिनियाँ मुद्रा युआनको कारोबार स्थलका रुपमा लन्डनले भूमिका खेल्न सक्नेबारे समेत क्यामरुनसँग वार्ता गर्ने छन्। लीले मंगलबार क्यामरुनको कार्यालयमा भेटघाट गर्नेछन्। गएको वर्ष बेलायती प्रधानमन्त्री क्यामरुनले आफ्नो चीन भ्रमणताका लीलाई भ्रमणको निम्तो दिएका थिए। त्यसपछि उनी ग्रीस भ्रमणमा जानेछन्।
गत वर्ष चीन भ्रमणका बेला बेलायती अर्थमन्त्री जर्ज ओस्बर्नले बेलायतमा चिनियाँ प्रत्यक्ष लगानीको ढोका खोलेका थिए। त्यसबेला उनले बेलायतमा चिनियाँ बैंक सञ्चालनका लागि नियम कानुन खुकुलो पार्ने भन्दै लगानीको आग्रह गरेका थिए। यसबाट बेलायती राजधानी लन्डन चीनको मुद्रा युआन र चिनियाँ धितोपत्रको अन्तर्राष्ट्रिय कारोबारस्थलका रुपमा विकास हुने सम्भावना चीनले पहिल्याएको छ। अर्थमन्त्री ओस्बर्नले बेलायतमा स्थापना हुने आणविक भट्टीमा लगानी गर्ने चिनियाँ व्यवसायीलाई त्यसको बढी सेयर दिने बाटो पनि खोलिदिइसकेका छन्।
लीको बेलायत भ्रमणबारे जानकारी दिँदै गाओले दुवै देशबीच धेरै सम्झौतामा हस्ताक्षर हुने पनि संकेत गरिन्। उनले लन्डन विश्व बजारको महत्वपूर्ण कारोबारस्थल बन्नेतर्फ उन्मुख भएकोले बेलायत–चीन दुवैले यसबारे अनुसन्धान समेत गरिसकेको खुलासा गरिन्। बेलायत भ्रमणमा विभिन्न आर्थिक सहयोगका साथै लन्डनलाई युआन कारोबार स्थल बनाउनेतर्फ दुवै देशबीच सहमति हुनेमा प्रधानमन्त्री ली विश्वस्त रहेको उनले बताइन्। उनले आर्थिक केन्द्रका रुपमा रहेको लन्डनलाई चीनले आफ्नो आर्थिक कारोबारस्थलका रुपमा विकास गर्न चाहेको जानकारी दिइन्।
उपमन्त्री गाओले लीको भ्रमणमा दुवै देशबीच ऊर्जा, पूर्वाधार र तीव्र गतिको रेल निर्माणबारे पनि सम्झौता हुनसक्ने जानकारी दिइन्। उनले विदेशी लगानी खुला गर्ने बेलायती नीति युरोपका बाँकी राष्ट्रका लागि नमूना हुने बताइन्। उनले बेलायतको कानुन प्रणाली सशक्त र कानुनी वातावरण पारदर्शी भएको भन्दै चिनियाँ कम्पनीका लागि लगानीमैत्री वातावरण भएको टिप्पणी गरिन्।
बेलायत–चीन दुवैले युरोपेली संघसँग हुने चीनको अर्बौं रकमको कारोबार डलरमा नगर्नेतर्फ जोड दिनुपर्ने भन्दै उनले युआनलाई लेनदेनको माध्यम बनाउनु पर्ने अप्रत्यक्ष संकेत गरिन्। गएको डिसेम्बरमा बेइजिङ आएका क्यामरुनले यसबारे सहयोग गर्ने आश्वासन चीनलाई दिएका थिए। तर युरोपेली संघले भने चीनको प्रस्ताव अस्विकार गरेको थियो।
ग्रीस भ्रमणमा पनि लीले पूर्वाधार र ऊर्जासम्बन्धी सम्झौता गर्ने गाओले जनाइन्। निजीकरणमा सघाउन चीनले चिनियाँ कम्पनीलाई ग्रीसमा सहभागी हुन उत्प्रेरित गर्नेछ। तर गाओले लीको बेलायत र ग्रीस भ्रमणमा हुने सम्झौताका विस्तृत विवरण दिन भने मानिनन्।
फाइनान्सियल टाइम्सले यसै साता लन्डनमा चिनियाँ मुद्रा 'रेनमिन्बी'को कारोबारका लागि चीनको दोस्रो ठूलो बैंक चाइना कन्स्ट्रक्सन बैंक छनोट भएको समाचार छापेको थियो। चीनको मुद्राको खास नाम 'रेनमिन्बी' अर्थात् 'जनताको मुद्रा' हो। चिनियाँ मुद्राका रुपमा चिनिए पनि युआन भने रेनमिन्बीको सानो एकाइ हो।
आफ्नो मुद्रालाई अमेरिकी डलरजस्तै सटही मुद्रा बनाउने आफ्नो सबैभन्दा महत्वाकांक्षी योजनामा चीन लागिपरेको छ। सन् २००९ मा चीनको कुल व्यापारको एक प्रतिशत युआनमा भएकोमा अहिले २० प्रतिशत व्यापार युआनमै हुने गरेको छ। आफ्नो मुद्रालाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी मुद्रा संचितिमा युआनको उपयोग गर्ने गराउनेतर्फ अग्रसर छ। चीन अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलरको प्रतिस्थापन वा विकल्पका रुपमा आफ्नो मुद्रालाई उभ्याउन चाहन्छ।
- See more at: http://nagariknews.com

- See more at: http://nagariknews.com/world/story/19580.html#sthash.gbVKnDdG.dpuf
Print

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीका अनुसार आक्रमणमा संलग्न १० आतंकवादी मारिएका छन्। हमलाकारी र विमानस्थलमा तैनाथ सुरक्षाकर्मीबीच दोहोरो भिडन्तसमेत भएको बीबीसीले जनाएको छ। अहिलेसम्म पनि गोलावारीको आवाज आइरहेको बीबीसीले जनाएको छ।
 
पाकिस्तानी सेनाका जनसम्पर्क प्रमुख असीम बाजोहले जिन्ना टर्मीनल सुरक्षित भएको ट्विट गरेका छन्। उनका अनुसार विमानस्थलका केही भागमा आगो लागेको छ। सेनाले जनाएअनुसार सबै यात्रुहरुलाई सुरक्षित स्थानमा पुर्‍याइ सकिएको छ।
 
विमानस्थलमा अवतरणको लागि आएका विमानलाई अन्यत्र पठाइएको छ। आक्रमणकारीहरु विमानस्थलको पुरानो टर्मिनल भवनबाट भित्र प्रवेश गरेको जनाइएको छ। जुन कार्गोको लागि प्रयोग गरिन्थ्यो।
- See more at: http://nagariknews.com/

    • कोहलपुर पर्यटन महोत्सव सुरु

      बाँके, ७ फागुन २०७२ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले आर्थिक क्रान्तिका लागि विकासको गतिविधि सञ्चालन गरेर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । बाँकेको कोहलपुरमा विहिवारदेखि सुरु उद्योग व्यापार मेला तथा कोहलपुर पर्यटन...

    • ३ गीती संग्रह विमोचन

      काठमाण्डौ, २८ फाल्गुण २०७१ । गत शोमवार काठमाण्डौको अनाम नगरमा एकै साथ तिन गिति संग्रह विमोचन भएकोछ । गायक तथा संगीतकार देवेन्द्र राईको कन्फ्युज्ड, गायिका अन्जु गुरुङको वेला र सुवास कार्कीले निर्माणका गरेको संविधान बन्नु पर्छ बोलको एकल...

    • यादव खरेलका 'हराएका गीतहरू'

      काठमाडौ, फाल्गुन ३,२०७१। "माया फिर्ता लाँदै छु, आउँदिनँ म जाँदै छु, बैगुनीलाई छाडी सम्झना..." डीबी महेश पाल्पालीले गाएको यस गीतलाई पछिल्लो पुस्ताले कमै सुनेका होलान् । तीन सयभन्दा बढी गीत गाइसकेका उनी गुमनामजस्तै छन् । २०२० ताका रेकर्ड गरिएको उनको यो गीत लेखक यादव...

Watch Videos

Music Albums