सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालद्वारा आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइँदै ।

म्याग्दीको बेनीबजारसँगै जोडिएको पर्वतको लेखफाँटमा रहेको मार्बल उद्योगबाट निकालिएको मार्बल । यहाँका मार्बल गुणस्तरीय भएकोले यस क्षेत्रमा राम्रो बजार लिएको छ ।

पोखरामा जारी छैटौं साहित्यिक महोत्सवमा मुन्धुम साहित्यको सौन्दर्य विषयको छलफलमा जुट्दै साहित्यकार बैरागी काइँला र भूपाल राई ।

प्रधानन्यायाधीश सुशीला कार्की आइतबार न्याय परिषदको २६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘न्याय परिषद बुलेटिन सार्वजनिक’ गर्दै ।

रोल्पा खुंग्रीका स्थानीयवासीले परम्परागत तरिकाले कोलमा चिउरी पेलेर तेल निकाल्दै ।

बालाचर्तुदशी पर्वको अवसरमा सोमबार म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिर परिसरमा सतबिज छर्न आएका भक्तजनहरुको भीड ।

गणतन्त्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि हुने तीन दिने नेपालको राजकीय भ्रमणको तयारीका सिलसिलामा पूर्वाभ्यास गर्दै कारगेड ।

Prev Next
Error
  • There was a problem loading image bimochan_2071-11-29.jpg in mod_featcats
Print

विश्वकप हारको बदला लिँदै अर्जन्टिना जर्मनीसँग ४–२ ले विजयी

जर्मनी-अर्जेन्टिनाले जर्मनीलाई ४-२ गोल अन्तरले पराजित गर्दै गत असारमा विश्वकप फाइनलमा भोगेको हारको बदला लिएको छ।

Arg-vs-Gerभर्खरै रियल म्याड्रिडबाट मेन्चेस्टर युनाइटेडमा अनुमोदन भएका अर्जेन्टिनी स्ट्राइकर एन्जल डि मारियाको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले विश्व विजेता जर्मनीलाई पराजितको स्वाद चखाएको हो।

बुधबार राति भएको मैत्रिपूर्ण खेलमा डि मारियाले अर्जेन्टिको जितका लागि ३ गोलको अवसर जुटाए भने अन्तिम गोल आफैँ गरेका थिए। जर्मनीको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेस्सी उपस्थित थिएनन्। डि मारियाले उनको अनुपस्थिति महशुस हुन दिएनन्। मेसी दाहिने खुट्टामा भएको चोटका कारण खेल्न पाएका थिएनन्।

अर्जेन्टिनाले पहिलो गोल २० औं मिनेटमा डि मारियाको पासमा सर्जिओ एग्युरोले गरे। ४० औं मिनेटमा लामेलाले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना २–० को स्थितिमा पुग्यो।

दोस्रो हाफ सुरुमा भएको तीन मिनेटमा नै डि मारियाकै पासमा फेर्नान्डेजले गोल गरेर अर्जेन्टिनालाई विजयउन्मुख गराए। खेलको ५० औं मिनेटमा डि मारियाले गोल गरेपछि अर्जेन्टिनाले खेल ४–० मा पुर्याियो।

जर्मनीका लागि पहिलो सान्तवना गोल आन्द्रे सुर्लेले ५२ औं मिनेटमा गरे । त्यस्तै, ७८ औं मिनेटमा मारियो गोटेजले गोल गर्दै खेललाई ४–२ अवस्थामा ल्याएपनि टोलीलाई हारबाट बचाउँन सकेनन्।

खेलपछि जर्मनीका प्रशिक्षक योआहिम लुले भने 'यो विश्वकपको बदला होइन, फाइनलाई तपाईँ फर्काउन सक्नुहुन्न' ब्राजिलमा भएको विश्वकपको फाइनलमा अर्जेन्टिना १–० गोलले पराजित भएको थियो। अर्जेन्टिनाका प्रशिक्षक जेरार्डो मार्टिनोले डि मारिया विश्वका उत्कृष्ट पाँच खेलाडीभित्र किन छन् भनेर प्रमाणित गरेको बताए।
Nagariknews.com

Print

खेलाडीबीच झडप हुँदा एक राउन्ड हवाई फायर

नवलपरासी, भाद्र २५ । नवलपरासीको देउराली–३ गिरुबारीमा सञ्चालन भइरहेको ३०औँ युनाइटेड फुटबल कपको क्वाटर फाइनल खेलमा दुई समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

चोरमारा र प्रगतिनगरबीच भइरहेको खेलको क्रममा प्रगतिनगरका समर्थकले अश्लिल शब्द प्रयोग गरेको भन्दै चोरमाराका समर्थकले प्रगतिनगरका युवासँग सामान्य भनाभन गरेका थिए । सामान्य भनाभनमै चोरमाराका समर्थकले हातपात सुरु गरेपछि सो झडप भएको हो ।

झडपमा परी घाइते हुनेमा प्रगतिनगरका ३० वर्षीय सुन्दर श्रेष्ठ, सरोज परियार र अमृत सुस्लिङ मगर रहेका छन् । घाइतेमध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको बताइएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । घाइतेको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

झडपले ठूलोरुप लिएपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । घटनामा संलग्न छ जना युवालाई नियन्त्रणमा लिई घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । रासस

Print

छैटौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

अत्तरिया (कैलाली), २९ भदौ । सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो सङ्घद्वारा आज यहाँ आयोजित छैटौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । तीनदिने सो प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काका खेलाडीको सहभागिता रहेको सङ्घका अध्यक्ष नारदमुनि रानाले जानकारी दिनुभयो । रासस

Print

एसियाड : पौडीमा नेपाल पराजित

काठमाडौँ, ७ असोज । दक्षिण कोरियाको इचोन सहरमा जारी १७औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पौडी खेलमा नेपाल पराजित भएको छ ।

पौडीअन्तर्गत पुरुषको ५० मिटर फ्रिस्टाइलमा नेपालका शिरीष गुरुङ र मिराज प्रजापतिले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । गुरुङले निर्धारित दूरी २७ दशमलव २३ सेकेन्डमा पूरा गर्दै चौथो भए । उनले पुरानो कीर्तिमानमा ० दशमलव ०२ सेकेन्डले सुधार्ने मौका पाए ।

त्यस्तै, प्रजापति २८ दशमलव ०८ सेकेन्डमा निर्धारित दूरी सकाउँदै छैटौँ स्थानमा रहे । उनले आफ्नो पहिलेको व्यक्तिगत प्रदर्शनीलाई समेत भेटाउन सकेनन् । यसअघि प्रजापतिले २७ दशमलव २३ सेकेन्डमा दूरी पार गरेका थिए । यो स्पर्धामा चित्रबहादुर गुरुङको नाममा २६ दशमलव ३४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

यही असोज ३ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताका २५ खेलमा सहभागिता जनाएको नेपालले अहिलेसम्म एउटा पनि पदक हात पार्न सकेको छैन । त्यस्तै, पदक तालिकामा चीन अहिलेसम्म २६ स्वर्णपदकका साथ ५८ पदक बटुल्दै शीर्ष स्थानमा छ ।

त्यस्तै, आयोजक दक्षिण कोरिया १४ स्वर्णसहित ४५ पदकका साथ दोस्रो स्थानमा छ । जापान १३ स्वर्णसहित ४२ पदकका साथ तेस्रो स्थानमा छ ।


    • कोहलपुर पर्यटन महोत्सव सुरु

      बाँके, ७ फागुन २०७२ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले आर्थिक क्रान्तिका लागि विकासको गतिविधि सञ्चालन गरेर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । बाँकेको कोहलपुरमा विहिवारदेखि सुरु उद्योग व्यापार मेला तथा कोहलपुर पर्यटन...

    • ३ गीती संग्रह विमोचन

      काठमाण्डौ, २८ फाल्गुण २०७१ । गत शोमवार काठमाण्डौको अनाम नगरमा एकै साथ तिन गिति संग्रह विमोचन भएकोछ । गायक तथा संगीतकार देवेन्द्र राईको कन्फ्युज्ड, गायिका अन्जु गुरुङको वेला र सुवास कार्कीले निर्माणका गरेको संविधान बन्नु पर्छ बोलको एकल...

    • यादव खरेलका 'हराएका गीतहरू'

      काठमाडौ, फाल्गुन ३,२०७१। "माया फिर्ता लाँदै छु, आउँदिनँ म जाँदै छु, बैगुनीलाई छाडी सम्झना..." डीबी महेश पाल्पालीले गाएको यस गीतलाई पछिल्लो पुस्ताले कमै सुनेका होलान् । तीन सयभन्दा बढी गीत गाइसकेका उनी गुमनामजस्तै छन् । २०२० ताका रेकर्ड गरिएको उनको यो गीत लेखक यादव...

Watch Videos

Music Albums