सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालद्वारा आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइँदै ।

म्याग्दीको बेनीबजारसँगै जोडिएको पर्वतको लेखफाँटमा रहेको मार्बल उद्योगबाट निकालिएको मार्बल । यहाँका मार्बल गुणस्तरीय भएकोले यस क्षेत्रमा राम्रो बजार लिएको छ ।

पोखरामा जारी छैटौं साहित्यिक महोत्सवमा मुन्धुम साहित्यको सौन्दर्य विषयको छलफलमा जुट्दै साहित्यकार बैरागी काइँला र भूपाल राई ।

प्रधानन्यायाधीश सुशीला कार्की आइतबार न्याय परिषदको २६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘न्याय परिषद बुलेटिन सार्वजनिक’ गर्दै ।

रोल्पा खुंग्रीका स्थानीयवासीले परम्परागत तरिकाले कोलमा चिउरी पेलेर तेल निकाल्दै ।

बालाचर्तुदशी पर्वको अवसरमा सोमबार म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिर परिसरमा सतबिज छर्न आएका भक्तजनहरुको भीड ।

गणतन्त्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि हुने तीन दिने नेपालको राजकीय भ्रमणको तयारीका सिलसिलामा पूर्वाभ्यास गर्दै कारगेड ।

Prev Next
Error
  • There was a problem loading image bimochan_2071-11-29.jpg in mod_featcats
Print

माइती नेपालद्वारा छात्रालाई साइकल सहयोग

माइती नेपालले समयमा नै सुरक्षित साथ सुविधाजनक ढङ्गले विद्यालय जान सहयोग पुगोस् भनेर माइती नेपालले झापा, काँकडभिट्टाका विपन्न समुदायका छात्रा काँकडभिट्टा उमाविकी जानुका राई, कञ्चनजङ्घा निमाविकी रेजिना रसाइली, आदर्श उमाविकी रेश्मा देवकोटा, ज्यामिरगढी माविकी लक्ष्मी विक, धुलाबारी उमाविकी नैना भुजेल र हरि निमाविकी सुस्मिता किसानलाई निःशुल्क रूपमा साइकल प्रदान गरेको संस्थाका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले वताएकाछन । राससका अनुसार माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आयोजित एक समारोहमा एमनेस्टी इन्टरनेसनलका पूर्वअध्यक्ष तथा आदर्श उमाविका प्राचार्य हेम खड्काले असार ६ गते झापाको काकडभिट्टामा छात्राहरूलाई उक्त साइकल हस्तान्तरण गरेका थिए ।

Print

मिनी कबर्ड हल निर्माण सम्पन्न

तनहुँ जिल्लाको व्यास नपार पालिका वडा नं.–१० स्थित बिपी वनवाटिकामा रु ५५ लाख ४५ हजारको लागतमा मिनी कबर्ड हलको निर्माण सम्पन्न भएको छ । करिव नौ महिना लगाएर सो कबर्ड हल पारस निर्माण सेवाले निर्माण सम्पन्न गरी जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरेको छ । रा.स.स.का अनुसार कवर्ड हल निर्माण पछि मार्सल आर्टका सबै, जुडो, कराते, बक्सिङका साथै टेबुलटेनिस, ब्याडमिन्टन, भलिबल सम्बन्धी खेलकुदका गतिविधि गर्न सकिने जानकारी पारस निर्माण सेवाका प्रोपराइटर कृष्णनारायण श्रेष्ठले जनाएकोछ ।

Print

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण

आज असार ५ गते न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घकालागि स्थायी नेपाली नियोगका अनुसार प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परिक्षण भएकोछ । प्रधानमन्त्री कोइरालाले सो सेन्टरमा विगतदेखी नियमित आफ्नो स्वास्थ्य परिक्षण गराउदै आउनु भएको थियो । उपचारकालागि प्रधानमन्त्री कोइराला गत असार २ गते सोमवार अमेरिका जानुभएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य स्थितीको वारेमा विस्तृत विवरण आउन वाँकी छ ।

Print

अभियान्ताहरूलाई कानुनी ज्ञान प्रदान

कावासोती, ६ असार । नवलपरासी जिल्लाको कावासोतीमा असार ६ गते वैदेशिक रोजगारलाई सुरक्षित बनाउने अभियानका अभियान्ताहरूलाई यहाँ कानुनी ज्ञान प्रदान गरिएको छ । गाउँ गाउँवाट सूचना केन्द्रहरूमा वैदेशिक रोजगारका लागि जाने युवाहरू जानकारी लिन आउने हुँदा उनीहरूलाई कानुनी ज्ञान प्रदान गरिएको हो । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) र इन्द्रेणी सामाजिक विकास केन्द्रमार्फत सञ्चालित उक्त तालिममा २४ जना अभियान्तालाई विदेश जानुअघि र गएपछि काममा आउने समस्यालाई कानुनी रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा ज्ञान प्रदान गरिएको जानकारी सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीका संयोजक रितुराम सोती थापाले दिएकाछन् । विदेशमा जाँदा र जाने कामदारले कानूनी रुपमा धेरै दुःख पाउने, विदेशमा परेको समस्या लाई कमगर्नको लागि यस्ता प्रकारका तालिमहरु जिल्लाका गाउँघर, विद्यालय अदीमा यस्ता खालका तालिमहरु दिइने गरेको यस सुचना केन्द्रका संयोजक थापाले जानकारी दिएकाछन् ।


    • कोहलपुर पर्यटन महोत्सव सुरु

      बाँके, ७ फागुन २०७२ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले आर्थिक क्रान्तिका लागि विकासको गतिविधि सञ्चालन गरेर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । बाँकेको कोहलपुरमा विहिवारदेखि सुरु उद्योग व्यापार मेला तथा कोहलपुर पर्यटन...

    • ३ गीती संग्रह विमोचन

      काठमाण्डौ, २८ फाल्गुण २०७१ । गत शोमवार काठमाण्डौको अनाम नगरमा एकै साथ तिन गिति संग्रह विमोचन भएकोछ । गायक तथा संगीतकार देवेन्द्र राईको कन्फ्युज्ड, गायिका अन्जु गुरुङको वेला र सुवास कार्कीले निर्माणका गरेको संविधान बन्नु पर्छ बोलको एकल...

    • यादव खरेलका 'हराएका गीतहरू'

      काठमाडौ, फाल्गुन ३,२०७१। "माया फिर्ता लाँदै छु, आउँदिनँ म जाँदै छु, बैगुनीलाई छाडी सम्झना..." डीबी महेश पाल्पालीले गाएको यस गीतलाई पछिल्लो पुस्ताले कमै सुनेका होलान् । तीन सयभन्दा बढी गीत गाइसकेका उनी गुमनामजस्तै छन् । २०२० ताका रेकर्ड गरिएको उनको यो गीत लेखक यादव...

Watch Videos

Music Albums