मंसिर दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद गर्ने लक्ष्य, अनुमानित वजेट १ अर्ब ५९ करोड

बाँके, ५ मंसिर । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अपाङ्गता भएका, विद्यालयका छात्रछात्रा र महिलाहरूमा खेलकुदप्रति अभिरुचि जगाउने काम परिषद्ले गरिरहेको बताउनुभएको छ ।

आगामी वर्ष नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न आउनुभएका सदस्य सचिव विष्टले भन्नुभयो – ‘ठ्याक्कै मिति नै तोकर अहिले भन्न नसकिए पनि मंसिरको दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।”

“हामीलाई अहिले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, तर हामी तोकिएको समयमा दुवै खेल प्रतियोगिता सञ्चालन गरेरै छाड्छौं” – उहाँले भन्नुभयो ।

सदस्य सचिव विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा रु १ अर्ब २४ करोड र खेल सञ्चालनका लागि रु ३५ करोड गरी अनुमानित रु १ अर्ब ५९ करोड खर्च हुने आकलन गरिएको सो अवसरमा जानकारी दिनुभयो ।

कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ खेल बाँके नेपालगन्जमा, १० खेल बर्दियामा र ५ खेल दाङमा सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो ।

 

  • 36Read This News:
  • 459325Total reads:
  • 268845Total visitors: