लाङटाङवासीले आफ्ना उम्मेदवार नै चिन्न पाएन

रसुवा, ५ मंसिर २०७४ । हिमाली गाउँ लाङटाङमा कुनै पनि उम्मेदवारले अहिलेसम्म मत माग्न पुगेका छैनन् ।

मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न कुनै पनि दलका उम्मेदवार यहाँ पुग्न नसकेको स्थानीय मतदाता पेम्बा लामाले बताउनुभयो ।

दुई दिनको उकालो हिड्न परेपछि मत माग्न यहाँ नआएको भएपनि टेलिफोनमार्फत उनीहरुको अगुवा कार्यकर्तासँग कुराकानी भइरहेको उहाँले बताउनुभयो ।

समुद्री सतहदेखि ३ हजार ६०० उचाइमा बसोबास गर्ने यहाँका २९२ मतदाताले दलगत रुपमा सबैलाई सम्मानजनक मतदान गर्ने बताइएको छ ।

हिमाली जिल्लामा बस्ने जनताको दुःख, सुख बुझ्नका लागि उम्मेदवारलाई लाङटाङ आउन त्यहाँका मतदाताले आग्रह गरिएको छ ।

 

  • 11Read This News:
  • 260606Total reads:
  • 129915Total visitors: