काठामाडौँ, २४ जेठ २०७४। प्रधानन्यायाधीशमा सुशीला कार्की उमेर हदका कारण मंगलवारदेखि सेवानिवृत्त हुनुभएको छ ।
सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएकी कार्की उमेर हद (६५ वर्ष)का कारण सेवानिवृत्त हुनुभएको हो ।
गत वैशाख १ गतेदेखि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको उमेर हदका कारण अवकाश भएपछि कार्कीले का.मु. प्रधान्यायाधीश हुँदै प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको हो ।
आजदेखि का.मु. प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले कार्यभार सम्हाल्नु हुनेछ ।



