काठमाडौँ, २४ जेठ २०७४। १२ वर्षपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको छ ।
काँग्रेस संसदीय दलको नेतृत्व गर्दै २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री हुनुभएका देउवा २०५८ र २०६१ सालमा पनि प्रधानमन्त्री बन्नुभएको थियो ।
विसं २०४८, २०५१ र २०५६ को संददीय निर्वाचनमा डडेल्धुरा क्षेत्र नं। १ बाट निर्वाचित हुनुभएका सभापति देउवा विसं २०६४ को संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली तथा २०७० को संविधानसभा निर्वाचनमा डडेल्धुरा–१ र कञ्चनपुर–४ बाट विजयी हुनुभएको थियो । संविधानसभा निर्वाचनमा दुई ठाउँबाट निर्वाचित भए पनि संवैधानिक व्यवस्थाअनुसार हाल उहाँले डडेल्धुरा–१ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।
राजनीति सङ्घर्षका क्रममा नौ वर्ष जेल जीवन बिताउनुभएका देउवा पूर्वगृहमन्त्री र माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्षसमेत हुनुहुन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा देउवालाई प्रधानमन्त्री पदबाट पदच्यूत गरेका थिए । त्यसको दुई वर्षपछि ९२०६१ सालमा० राजा ज्ञानेन्द्रले देउवालाई पुनःप्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
नेपालको इतिहासमा प्रथम ९प्रधानमन्त्री० मुख्तियार प्राप्त गर्ने व्यक्ति भीमसेन थापा हुनुहुन्थ्यो । विसं १८६३ देखि १८९४ सम्म ९झन्डै एकतीस वर्ष० मुख्तियार भई शासनसत्ता सञ्चालन गर्नुभएका थापा राष्ट्रिय विभूतिसमेत हुनुहुन्छ ।
त्यसैगरी रणजङ्ग पाण्डे ९१८९६–१८९७०, पुष्कर शाह ९१८९५–१८९६०, पण्डित रङ्गनाथ पौड्याल ९१८९४–१८९५० नेपालमा ९प्रधानमन्त्री० मुख्तियार भई शासन व्यवस्था सञ्चालन गर्ने व्यक्ति हुनुहुन्छ । तत्कालिन अवस्थामा राजा राजेन्द्र, रानी लक्ष्मीदेवी र राजकुमार सुरेन्द्रले आ–आफ्नै ढङ्गबाट शासन सञ्चालन गरेपश्चात दरबारमा देखिएको फुटलाई शक्तिमा रुपान्तरण गर्दे जङ्गबहादुर राणा नेपालको प्रधानमन्त्री भए । यसअघि माथवरसिहं ९जङ्गबहादुर राणाको मामा० विसं १९०० देखि १९०२ सम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।
झन्डै ३० वर्षसम्म ९१९०३–१९३३० नेपालको प्रधानमन्त्री भएका राणा प्रधानमन्त्री जङ्गबहादुरले कोतपर्वको रचना गरेका थिए । फलस्वरुप नेपालमा विसं १९०३ देखि २००७ सम्म जहानियाँ राणशासन रह्यो ।
नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर हुन् । जङ्गबहादुरले भाइहरुलाई रोलक्रमअनुसार नेपालको प्रधानमन्त्री बनाए । बमबहादुर राणाले विसं १९१३ देखि १९१४, रणोद्वीप सिंह राणाले १९३३ देखि १९४२, वीरशम्सेरले १९४२ देखि १९५७, देवशम्सेरले १९५७ देखि १९५८, चन्द्रशम्मेरले १९५८ देखि १९८६, भीमशम्सेर १९८६ देखि १९८९, जुद्धशम्सेरले १९८९ देखि २००२, पद्यमशम्सेरले २००२ देखि २००५¬ र मोहनशम्सेरले २००५ देखि २००८ सम्म प्रधानमन्त्रीका रुपमा नेपालमा शासन गरे ।
राणा शासनको अन्त्यसँगै भारतबाट फर्किएका राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई विसं २००८ देखि २००९ र विसं २०१० देखि २०११ सम्म प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । त्यसपछि क्रमशः टङ्कप्रसाद आचार्य ९२०१२–२०१४०, डा. के.आई. सिंह ९२०१४–२०१५० सम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।
विभिन्न कालखण्डमा प्रधानमन्त्री पदको सट्टामा मन्त्रिपरिषद्को अध्यक्षका रुपमा समेत केही व्यक्तिले मुलुकमा शासन गरे । राजा महेन्द्रले सुवर्ण शम्सेरको अध्यक्षतामा विसं २०१५ देखि २०१६, डा तुलसी गिरीको अध्यक्षतामा २०१९ देखि २०२१ र २०३२ देखि २०३४ तथा सूर्यबहादुर थापाको अध्यक्षतामा २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को गठन गर्नुभएको थियो । त्यस्तै विसं २०६९ मा पनि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको थियो ।
विसं २०१६ देखि २०१७ सम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो । राजा महेन्द्रले विसं २०१९ सालमा पञ्चायत व्यवस्था लागू गरेपछिको पहिलो प्रधानमन्त्री डा तुलसी गिरी हुनुभयो । पञ्चायतकालमै सूर्यबहादुर थापाले विसं २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को अध्यक्ष र विसं २०२३ देखि २०२५ तथा विसं २०३६ देखि २०४० सम्म प्रधानमन्त्रीका रुपमा काम गर्नुभएको थियो । बहुदलीय व्यवस्थापछि विसं २०५४ र २०६० मा समेत उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो ।
पञ्चायतकालमा क्रमशः कीर्तिनिधि विष्ट ९२०२५–२०२६०, २०२८–२०३०० र ९२०३४–२०३६०, नगेन्द्र प्रसाद रिजाल ९२०३०–२०३२० र २०४२, लोकेन्द्रबहादुर चन्द ९२०४०–२०४२० र २०४६ तथा मरिचमान सिंह श्रेष्ठ ९२०४३–२०४६० सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।
विसं २०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थामा कृष्णप्रसाद भट्टराई पहिलो अन्तरिम प्रधानमन्त्री हुनुभयो । त्यस्तै गिरिजाप्रसाद कोइरालाले ९२०४८–२०५१० र ९२०६३–२०६५० सम्म मुलुकको प्रधानमन्त्री हुनुभयो । कम्युनिष्ट पार्टीका तर्फबाट मनमोहन अधिकारी विसं २०५१ देखि २०५२¬ सम्म प्रधानमन्त्री बन्नुभयो ।
पहिलो संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा गरेलगत्तै २०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । यसैगरी विसं २०६६ देखि २०६७ सम्म माधवकुमार नेपाल, २०६७ देखि २०६८ सम्म झलनाथ खनाल, २०६८ देखि २०६९ सम्म बाबुराम भट्टराई, २०६९ देखि २०७० सम्म तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी, २०७० देखि २०७२ सम्म सुशील कोइराला, २०७२ देखि २०७३ सम्म केपी शर्मा ओली र विसं २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्री हुनुभयो ।
राजाराम कार्की/रासस


