हातहतियार सहित एक व्यक्ति पक्राउ

कैलाली, ३० कात्तिक २०७४ । धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।

उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले बताउनुभयो । लागुऔषधको कारोबारमा संलग्न रहेको भनिएका राकेश प्रहरीको खोजी सूचीमा रहेको जनाइएको छ ।

 

  • 36Read This News:
  • 504270Total reads:
  • 307717Total visitors: