सिरियाली कुर्दिस समूहसँगै टर्कीको सुरक्षा व्यवस्था मिलाइनेछ: पोम्पेओ

अबु धावी, २९ पुस २०७५ । वासिङ्टनका उच्च कूटनितिज्ञले अमेरिकी सेना सिरियाबाट फिर्ता भएपनि सिरियाली कुर्दिस विद्रोहीको सुरक्षाका लागि कुनै उपाय खोजिने बताउनुभएको छ ।

“अमेरिकी विदेशमन्त्रीसमेत रहेका माइक पोम्पेओले सिरियाली कुर्दिस समूह र टर्कीलाई आतङ्ककारीबाट सुरक्षाका लागि व्यवस्था मिलाइनेछ,” उहाँले अमेरिकी सहयोगमा सिरियाली सरकारसँग सङ्घर्षरत पक्षलाई विश्वास दिलाउनुभयो ।

उहाँले आबुधावीमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “हामी विश्वस्त छौँ, हामीले यी दुवै समस्याको समाधानका लागि सफल बन्नेछौँ ।”

अमेरिकी राष्ट्रपतिले गत महिना अमेरिकी सेनालाई फिर्ता गर्ने अकस्मात घोषणा गरेसँगै चिडिएका मध्यपूर्वका अमेरिका पक्षधर मुलुकहरूलाई सान्त्वना दिन पोम्पेओले यस क्षेत्रको भ्रमण गनुभएको हो । उहाँ संयुक्त अरब इमिरेट्सपछि स्वदेश फर्किनुहुनेछ ।

 

  • 52Read This News:
  • 502655Total reads:
  • 306132Total visitors: