विमान अपहरण प्रयासको आरोपमा विमान चालक सहित ३ जना पक्राउ

बङ्गलादेश, १५ कात्तिक २०७४ । बङ्गलादेशको राज्य–सञ्चालित विमान कम्पनीले विमान अपहरण वा दुर्घटना गराउने षड्यन्त्र गरेको आरोपमा एक विमानचालक र ३ जना शङ्कास्पद व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ ।

विमान बङ्गलादेश एअरलाइन्सका विमान चालक सविर इमामले बङ्गलादेशको जमायतुल मुजाहिद्दिन अतिवादी मुसलमान समूहका उच्च नेतासँग मिलेर यहाँका राजनीनिक नेताको घरमा ठोक्याउने वा यात्रुलाई बन्धक बनाउने साँठगाँठ गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत बर्ष बङ्गलादेशको राजधानी ढाकामा एक रेष्टुरेण्टमा आक्रमण गरी १८ विदेशीसहित २२ जनाको ज्यान लिने उक्त अतिवादी मुशलमान समूहसँग सम्पर्क रहेको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

¥यापिड एक्सन बटालियन प्रहरी इकाईका अनुसार सब्बिरले सन् २०१४ देखि विमान चालकका रूपमा काम शुरुगरी सोमबारसम्म बङ्गलादेशको राष्ट्रिय ध्वजाबाहक विमानकम्पनीमा काम गर्नुभएको थियो ।

उनी एक खतरनाक व्यक्ति रहेका र अतिसंवेदनशील ठाउँमा काम गरिरहेकामा सुरक्षाको दृष्टिकोणवाट उनलाई पक्राउ गरिएको छ, प्रहरीले बटालियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सब्बिरको जमायतुल मुजाहिद्दिन अतिवादी मुसलमान समूहको उच्च नेता सरवार जहाँ र यस अघिनै मारिएका अब्दुल्लाहसँग राम्रो सम्बन्ध रहेको पाइएको प्रहरीले बताएको छ ।

उनीहरू (सब्बिर, सरवार र अब्दुल्लाह) ले विमान अपहरण गरी आक्रमण गर्ने षड्यन्त्र गरेका अनुसन्धानका क्रममा थाहा भएको प्रहरीले जनाउको छ । यसबारे बुझ्न विमानचालक सब्बिरको परिवारसँग सम्पर्कको प्रयास भने सफल भएन ।

 

  • 58Read This News:
  • 481438Total reads:
  • 288809Total visitors: