रुपन्देही ११ नेपालगन्ज गोल्ड कपको सेमिफाइनलमा

बाँके, ३० फागुन २०७३। नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।

खेलको ७५ औँ मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन । खेलको ८७ र ८८ मिनेटमा रुपन्देहीका लागि उत्तम गुरुङ र अमर डङ्गोलले १÷१ गोल गरेपछि मनाङको अगाडिको खेल यात्रा रोकिन पुग्यो ।

नकआउटका आधारमा खेलाइएका खेलमा यो हारसँगै मनाङ खेलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र सुदूरपश्चिम–११ बीच हुनेछ ।

 

  • 42Read This News:
  • 509176Total reads:
  • 312460Total visitors: