मुख्यमन्त्री गुरुङद्वारा ग्याल्बो ल्होसारको शुभकामना

कास्की, २३ फागुन २०७५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मनाइने शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री गुरुङले प्रेस विज्ञप्तिमार्पmत स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएको छ । लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेकाले सो उपलब्धिलाई संस्थागत गर्न यस्ता सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषण भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउने विज्ञप्तिमार्पmत उल्लेख गरिएको छ ।

 

  • 82Read This News:
  • 503283Total reads:
  • 306756Total visitors: