ब्राजिलले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि सम्झौतामा नगर्ने

ब्राजिल, १६ मङ्सिर २०७५ । ब्राजिलको राष्ट्रपतिमा निर्वाचित बनेका जाइर बोल्सोनारोले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा आफुले हस्ताक्षर नगर्ने बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले केही दिन पहिले ब्राजिल संस्थापक सदस्य रहेको दक्षिण अमेरिकी व्यापार समूह मर्कोसर र यूरोपेली संघ (इयू) बीच व्यापार सम्झौताका लागि ब्राजिलको पेरिस जलवायु सम्झौताबारेको अडानका कारण शर्तहरू रहनसक्ने भन्ने भनाइप्रति प्रतिवाद गर्दै बोल्सोनारोले कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा ब्राजिल हस्ताक्षर नगर्ने बताउनुभएको हो ।

फ्रान्सका राष्ट्रपतिले आफ्ना श्रमिक तथा किसानहरूलाई उनीहरूको उत्पादन वानीलाई पर्यावरणीय परिवर्तन अनुसार रूपान्तरण गर्न लगाउन नसक्ने र यसो गर्न नसक्ने राष्ट्रसँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न नसक्ने बताउनुभएको थियो । यसको अर्थ व्यापार सम्झौतामा असन्तुलन भएको बुझिने उहाँले बताउनुभएको थियो ।

वातावरणसम्बन्धी मुद्दामा हालका ब्राजिलियाली अधिकारीसँग फरक रहेका बोल्सोनारोले आफ्नो देशलाई पेरिस जलवायु सम्झौताबाट पछि हटाउने सोच रहेको बताइने गर्छ । उहाँले आगामी बर्ष अर्थात् सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलनको आयोजक राष्ट्रहरूको नामबाट ब्राजिललाई हटाउन आग्रह गर्नुभएको समाचारहरू पनि आएका छन् ।

बोल्सोनारोले भन्नुभयो, “म्याक्रोँले फ्रान्सको पक्षमा वकालत गर्दै आउनुभएको छ । फ्रान्सको कृषि व्यवसाय पनि मजबुत भएको र मर्कोसुर र यूरोपियन यूनियनबीचको सम्झौता फ्रान्सको हितविपरित हुने निष्कर्षका साथ फ्रान्स सम्झौताको विपक्षमा देखिएको छ ।”

 

  • 59Read This News:
  • 504848Total reads:
  • 308290Total visitors: