प्रकृया तथा गुणस्तर नपुगेका १३ क्लिनिकमा तालाबन्दी

काठमाडौँ, १ मंसिर २०७३ । स्वास्थ्य मन्त्रालयको पहलमा उपत्यकामा अवैधरुपमा सञ्चालन भइरहेका १३ स्वास्थ्य क्लिनिकमा तालाबन्दी गरिएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरीलगायतको टोलीले मंगलवार गरेको अनुगमनका क्रममा अवैधरुपमा सञ्चालित काठमाडौका ४ र ललितपुरका ४ क्लिनिकमा तालाबन्दी गरेको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यकाका धेरै क्लिनिक अवैध रहेको गुनासो आएको भन्दै अनुगमनका लागि टोलीले खटाउनुभएको थियो । अनुगमन टोलीले यसअघि सोमबार काठमाडौँका ४ र ललितपुरको १ क्लिनिक अवैध रुपमा सञ्चालन भएको फेला पारेपछि तालाबन्दी गरेको थियो । टोलीले सोमबार र मङ्गलबार गरी क्लिनिक तथा फार्मेसीमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएका फार्मेसीमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधि बिक्री गरेकोलगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण मागिएको व्यवस्थापन महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिनुभयो ।

उहाँले मङ्गलबार राजधानीको चावहिलका शाह पेथोलोजी, रेशा क्लिनिक, विराज डेन्टल प्रालि र ओम समाज डेन्टल प्रालिमा तालाबन्दी गरिएको जानकारी दिनुभयो ।

त्यस्तै ललितपुरको जाउलाखेलस्थि लेजर थेरापी, भैँसीपाटीको शुभेच्छा क्लिनिक एन्ड रिसर्च सेन्टर, सम्पूर्ण सुरक्षित गर्भपतन सेवा र शम्भु फर्मा इन फोकस अप्टिकल एन्ड क्लिनिक, जाउलाखेलको गुहेश्वरी डेन्टल मल्टी स्पेस्यालिटीमा तालाबन्दी गरिएको छ ।

 

  • 57Read This News:
  • 481570Total reads:
  • 288850Total visitors: