नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल मङ्सिर ४ गते हुने

काठमाडौँ, १२ कात्तिक २०७३ । नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल खेल आगामी मङ्सिर ४ हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानी सामाजिक संस्था कलरबाथको संयुक्त आयोजनामा हुन लागेको उक्त मैत्रीपूर्ण खेल भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि सञ्चालन गर्न लागिएको विहिवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा केही अस्थायी प्यारापिट निर्माण गरी खेल खेलाइने तयारी समेत भइरहेको जनाइएको छ ।

कलरबाथ नेपालका अध्यक्ष गणेशमान लामाले भूकम्पले क्षतिग्रस्त भएका विद्यालय तथा फुटबल प्रशिक्षण दिन सकिने मैदान निर्माणमा च्यारिटीबाट उठेको रकम सहयोग गरिने बताउनुभयो । मैत्रीपूर्ण खेलका लागि सन् २००२ को विश्वकप फुटबलमा जापानबाट प्रतिनिधित्व गरेका टोडा काजुयुकीको नेतृत्वमा १६ सदस्यीय टोली मङ्सिर २ गते नेपाल आउनेछ ।

 

  • 88Read This News:
  • 502881Total reads:
  • 306355Total visitors: