दोश्रो खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी हिमाल लामालाई

काठमाण्डौ, २१ माघ २०७३ । गोल्डेन गेटका हिमाल लामाले दोश्रो खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी हात पारेका छन् ।

उनले ६.५ अंक प्राप्त गदै उपाधी सहित १५ हजार रुपैँया पुरस्कार प्राप्त गरेको छ ।

शहिद दिवसको अवसरमा बिहिबार काठमाडौँमा सम्पन्न प्रतियोगितामा दोस्रो भएका मखन चेस क्लबका रिजेन्द्र राज भण्डारीले ७ हजार र तेस्रो भएका थापाथली चेस पार्कका सुशिल चौधरीले ५ हजार रुपैँया प्राप्त गरेका छन ।

 

  • 52Read This News:
  • 503311Total reads:
  • 306784Total visitors: