दमास्कस खानेपानी स्रोतमा अवरोध गरिनु युद्ध अपराघः राष्ट्रसङ्घ

स्वीट्जरल्यान्ड, २ चैत २०७३ । गत डिसेम्बरमा सिरियाली राजधानी दमास्कसमा बसोबास गर्ने ५० लाख नागरिकलाई खानेपानीबाट वञ्चित गरिनेगरी ऐन अल फिजेहमा रहेको पानीको स्रोतमा राष्ट्रपति बसर अल असद पक्षले गरेको विस्फोट ‘युद्ध अपराध’ भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

घटनाको वास्तविकता छानबिनका लागि बनेको राष्ट्रसङ्घीय अनुसन्धान आयोगले ऐन अल फिजेहमा सिरियाली वायु सेनाद्वारा आक्रमण गरेको ठहर गर्दै यो युद्ध अपराध भएको अनुसन्धान प्रतिवेदनको भनाई आएको हो ।

प्रतिवेदनले सिरियाली सरकारद्वारा उक्त घटनामा विद्रोहीको संलग्नता रहेको भन्ने भनाईमा सत्यता नरहेको भन्दै यसको खण्डन गरिएको छ ।

डिसेम्बरमा भएको उक्त आक्रमणपछि सरकारी सेनाले पानीको स्रोतलाई प्रदूषित पार्न विद्रोहीद्वारा पानीको सङ्कलन केन्द्रमा आक्रमण भएको बताए पनि विद्रोहीले घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको थियो ।

 

  • 32Read This News:
  • 509176Total reads:
  • 312460Total visitors: